सवैलाई बेलैमा चेतना होश - गोपाल सिवा

सवैले सुनेको बुझेको जानेको कुरा के हो भने लोकतन्त्र कुनै पार्टी ,नेता , धर्म र जातिलाइ होइन त्यसैले लोकतन्त्रमा शान्तिपुर्ण भेला, आमसभा , बिरोध प्रदर्सन गर्न पाइन्छ ।त्यस्तै गरि अधिकार बाट कुन्ठीत पारिएकाहरु लोकतान्त्रिक पद्धतिमा आफ्नो अधिकारको माग गर्ने पुर्ण अधिकार छ ।

तर भाला, खुकुरी र लाठीसहित कसैको अामसभा बिथोल्ने योजना बनाउन , लोकतान्त्रिक मर्यादा बिपरित हिन्सात्मक प्रदर्शन गर्न , सर्वसाधारणले आवतजावत गर्दा गाडीभित्रै राखेर आगजनी गरेर साम्प्रदायिक हिंसा फैलाउन पनि पाइन्छ ? पाइन्छ भने आजै लोकतन्त्रको परिभाषा फेरौ ।

हैन भने यो ब्यबहार बाट जुन सुकै अभिस्ट लिएको जुन सुकै मोर्चा र संगठन भए पनि लोकतन्त्रको घुम्टो ओढेर एकल धर्म , एकल जात ,एकात्मक र सामन्तवाद लाई नै यथाबत राखेर देसलाइ निरङ्कुसताको परिबन्धमा पार्न अग्रसर भएको राज्य भन्दा कम छैन भने प्रष्ट हुन्छ।

प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको छ ।खुकुरी , लाठी र भाला बोकाएर साम्प्रदायिक हिंसाको मार्गमा ओराल्ने सरोकारवालाहरुको चेत खुलोस । लोकतान्त्रिक मर्यादामा हिन्सात्मक प्रदर्शन गर्नु र ज्यादतीपूर्ण दमन गर्नु , उपहास गर्नु दुवैको ब्यबहार लोकतान्त्रिक मर्यादा लज्जास्पद राजनितीकरण हो।एक अर्काको बाईपास ले भोलि देशलाई हैटी या सिरिया बनाउने निश्चित छ । सवैलाई बेलैमा चेतना होश

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.