सरोकारवाला निकाय सवैको आँखा खुलोस- गोपाल सिवा


नेपालको नयाँ संविधान २०७२ ले मधेस र मधेसी लाई कार्यपालिका, न्यायपालिका, निजामती ,पत्रकारिता र अन्य सरोकारवाला क्षेत्रमा समावेशिताको सवालमा कुनै कार्य गरेन भन्दै पलपल मधेसी नेता मधेसको नक्सा नकसामा पुगेका हुन्छन् । तराइ आन्दोलन गर सदाहत भए ५० लाख दिन्छु भन्छन । 

तर बिड्म्बना यहि तराईका कयौं गरिव ,भुमिहिन,दलित बस्ति शीतलहर, बाढीपहिरो र आगलागीको चपेटामा पर्दा ५ रुपैयाको चिज सम्म राहत लिएर यी मधेसी नेताहरु मधेस पुगेको सुनिएन । मधेसको आम नागरिक , शिक्षा, स्वास्थ्य,कृषि,सञ्चार र विकासमा कुनै सरोकार नराख्ने यी जिम्दार मधेसीको चंगुलमा सिंगो मधेस र मधेस आन्दोलन सत्ता र कुर्सी केन्द्रित नै हो त ?

~~~

धन्य होस नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो , युनाइटेड फ्लोरिडा एवं धुर्मुस सुन्तली फाउण्डेशनलाई जसले साढे ५ लाख बराबरको राहत जुटाएर मुसहर बस्तीमा रहेका ५५ परिवारलाई प्रति परिवार दुई दुई वटा न्यानो सिरक र डसना वितरण गरे । सरोकारवाला सस्था सहित धुर्मुस सुन्तलीको यो कार्यले सरकार , संघ संस्था,एनजिओ, मधेशको मसिहा भन्न मन पराउने एव तराई केन्द्रित राजनीति गर्ने सरोकारवाला निकाय सवैको आँखा खुलोस ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.