तन र मन सन्तुष्ट हुने विवाह नै सफल विवाह हैन र ?
के विवाह गर्नैपर्छ - विवाह नगरी खुशी रहन सकिँदैन र -
सकिँंदैन भन्ने हो भने विवाह नै नगरेका कतिपय महिला तथा पुरुषहरू दुःखी
रहेका ज‚ता लाग्दैनन् । पहाड ज‚तो भनिने जीवन एक्लै नै बाँचिरहने थुप्रै
व्यक्तिहरू तपाईँ हाम्रो वरिपरि नै भेटिन्छन् । धेरै मानिसहरू 'विवाह' को
बोर्ड पछाडि दुःखी भेटिन पनि सक्छन् । त्यसैले होला, विवाहलाई त्यो फल
भनिएको छ, जुन खाएर पनि मानिसहरू पछुताएकै छन् र नखाएर पनि पछुताएकै छन् ।
पहिले पहिले मानिसहरू परम्परागत रूपले मागी विवाह बढी गर्थे । परिवारले
छानेको, आफ्नो कुल मर्यादा अनुसारका केटा र केटीबीच विवाह हुन्थ्यो ।
विवाहभन्दा अघि घुम्न जाने त परै जाओस्, एक अर्कालाई राम्रोसँग देखेका पनि
हुँदैनथिए ।
बदलिँदो समयसँगै शिक्षा, परिवर्तित
सोचाइ र खुलापनले गर्दा हाम्रो समाजमा हिजोआज प्रेम विवाह गर्ने चलनमा पनि
उल्लेख्य वृद्धि भएको छ । सोध्दा पनि मानिसहरू प्रेम विवाहकै पक्षमा बढी
वकालत गर्छन् । प्रेम विवाह गर्दा विवाह अघि नै एक अर्कालाई राम्रोसँग
बुभ्mन सकिने, आनीबानी थाहा हुने भएकोले जीवन साथीसँग व्यवहार गर्न सजिलो
पर्छ । विरलै भए पनि हाल आई केही समलिङ्गी विवाह पनि प्रकाशमा आएका छन् ।
समान लिङ्गमा हुने य‚ता अप्राकृतिक विवाह कुन हदसम्म सफल हुन्छ भन्ने कुरा त
हर्ेर्नै बाँकी छ तर भावनात्मक रूपले प्रेरित भई गरिएका य‚ता विवाह लामो
समयसम्म पनि टिक्ला भन्ने कुरामा भने धेरैलाई शङ्का हुनसक्छ । सतही रूपमा
हर्ेर्ने हो भने मागी विवाहको तुलनामा प्रेम विवाहमा केटा र केटी पर्ूव
परिचित हुन्छन्, पर‚परमा माया र विश्वास बढी हुन्छ र यसले गर्दा य‚ता विवाह
बढी सफल र टिकाउ हुन्छ भन्ने धारणा हुन्छ तर धेरै प्रेम विवाहका पनि
दुःखद् अन्त्य भएका छन् ।
एक नेवार केटीले
बाहुन केटासँग वर्षौँको प्रेमपछि विवाह गरेकी थिइन् । विवाहपछि दशौँ
वर्षम्म पनि उनीहरूका कुनै सन्तान भएन । पछि आफ्नै घरमा डेरा गरी ब‚ने
अर्कै एक बाहुनी केटीसंग केटाको सम्बन्ध ब‚यो । पहिली श्रीमतीसँग माया बसी
गरेको विवाह पनि लामो समय टिक्न सकेन र त्यसको अन्त्य पारपाचुकेमा भयो ।
त्य‚तै अर्को एक जोडी पनि प्रेम विवाह गरी बीसौँ वर्षम्म सफल दम्पतिका
रूपमा बसेका थिए । दर्ुइ छोरीहरू विवाह गर्ने उमेरका भइसकेका पनि थिए तर
छोरीहरूलाई अन्माएर पठाउनुको सट्टा ती महिला आफ्नो घर परिवार छाडेर आफै
आफ्नो व्यवसाय हर्ेर्ने परपुरुषसँग गइन् । प्रेम विवाह गरेर पनि पर्ूण्ा
सन्तुष्ट नभएकाहरू 'परम्परागत विवाह गरेको भए बरु पछिल्ला वर्षरूमा माया
बढ्दै जान्थ्यो कि !' भन्ने भ्रममा रहन्छन् ।
मेरी
एउटी साथी सधैँ प्रेम विवाहको विपक्षमा कुरा गर्थिन् । परम्परागत रूपमा
मागी विवाह गरेकी उनी हिजो आज भन्न थालेकी छिन्, "शायद माया गरेको
व्यक्तिसँगै प्रेम गरेर विवाह गरेकी भए जीवन आज यत्ति निरस, सुख्खा र
अतृप्त हुँदैनथ्यो होला ।" कुलीन घराना र सम्पन्न परिवार भएकोले एक परिचित
महिलाको कम उमेरमै पारिवारिक विवाह गराइएको थियो । उनीहरू श्रीमान् श्रीमती
दुवैले दुःखसुःख गरी जिन्दगीमा लामो यात्रा तय पनि गरे । उनीहरूका दर्ुइ
छोराछोरी पनि भयो । आफ्नो व्यापार बढाउनका लागि श्रीमान् विदेश गए, एक
विदेशी केटीसँग उनको सर्म्पर्क र सम्बन्ध बढ्यो । ‚व्ादेशमा परिवारसँग
हुँदा विवाहोत्तर सम्बन्धको कुनै गाइँगुइँसम्म नचलेको उनै पुरुष बाहिर गएको
केही समयमै विदेशीसँग सम्बन्ध मात्र रहेन, गर्भपतनै गराउनुपर्ने ‚थिति पनि
आइपर्यो । अहिले उनकी श्रीमती श्रीमान् तह लगाउन विदेशमा श्रीमानसँगै
बसेकी छिन् तर युवा छोराछोरी घरमा अभिभावकविहीन भइबसेका छन् । उनीहरूको
विवाहलाई असफल भन्ने हो भने आफन्तका आँखामा उनी विदेशमा श्रीमान्सँग बसेकी
छिन्, सफल भन्नलाई उनको मन सधैँ श्रीमान्प्रति शङ्कालु भइरहन्छ । विवाह
एउटा सामाजिक सं‚कार हो र एउटा विश्वास पनि । दर्ुइ परिचित वा अपरिचित
महिला तथा पुरुषले एक अर्कालाई आफ्ना हरेक सुखदुःखमा साझेदार बनाई सँगै
जीवनयापन गर्न विवाह गर्दछन् । त्यसो त विवाह नै नगरी जोइपोइको रूपमा सँगै
ब‚ने र सन्तान जन्मिसकेपछि मात्र दुवैले चाहेमा विवाह गर्ने विदेशी सं‚कृति
पनि नभएको हैन । हामी हाम्रो सं‚कृतिभित्र विवाहलाई एउटा पवित्र र धार्मिक
रीति मान्दछौँ । चाहे परम्परागत रूपमा गरिएको विवाह वा प्रेम विवाह नै किन
नहोस्, त्यसको सफलता भन्नु त्यसको दिगोपना हो । ब्रिटनी ‚पेयरको ज‚तो 'आज
विवाह, भोलि पारपाचुके' भयो भने विवाहको नाममा एउटा तमाशा मात्र हुन्छ,
विवाहको नामप्रति विश्वास नभई वितृष्णा उत्पन्न हुन्छ ।
सफल
विवाहका लागि लामो वैवाहिक जीवन मात्र पनि पर्याप्त हुँदैन । कतिपयले
व्यक्तिगत र पारीवारिक कारणले पनि सामाजिक प्रतिष्ठाका लागि असन्तुष्ट
विवाहलाई अनावश्यक रूपमा लम्ब्याइरहेका हुन्छन् । त्य‚तो अव‚थामा दुवैले
जिन्दगी बाँचिरहेका हुँदैनन्, बाध्यतामा मात्र घिसारिरहेका हुन्छन् ।
समाजका कुनै कुनै प्रतिष्ठित परिवारहरूका घरमा भौतिक सुखसाधनको त कुनै कमी
हुँदैन, कमी हुन्छ भने परिवारसँग खर्चिने समयको । श्रीमान् वा श्रीमती वा
दुवै पद, प्रतिष्ठा र पैसाका पछाडि लागिपरेका हुन्छन् । समाजका आफ्ना
विशिष्ट साथीभाइहरूका लागि तारे होटलका पार्टि प्रोग्रामका लागि उनीहरूसँग
समय हुन्छ तर घरमा आफ्ना जीवनसाथीसँग केही समय बसेर सुखदुःखका कुरा गर्न र
घरायसी सम‚याहरू सुन्न/सुनाउन फर्ुसद हँुदैन । फल‚वरूप य‚ता परिवारमा
दम्पतिबीच फाटो आउँछ र धेरै जनाको नजानिँदोसँग बाहिर अरुसँग हेलमेल बढ्न
जान्छ । आ-आफ्ना दोष र कमजोरी बुdmेर पनि उनीहरू अहम् र ग्लानीले गर्दा एक
अर्कालाई न माफ गरिरहेका हुन्छन् न आफूलाई सच्याइरहेका हुन्छन् । श्रीमान्
श्रीमती बनी एउटै खाटमा सुतेर पनि पर‚परमा अछूत ज‚तै व्यवहार गर्ने
उनीहरूको विवाह मात्र एउटा औपचारिकता बनिरहेको हुन्छ ।
सफल
विवाहका लागि मायाको ठूलो भूमिका हुन्छ भन्ने कुरामा विवाद नहोला ।
अपत्यारिलो लाग्छ तर कहिलेकाहीँ बढी माया पनि विवाह टुटाउने एउटा कारण
हुँदोरहेछ । एक साथीकी टाढाकी एक आफन्त थिइन् । पारीवारिक ढङ्गले विवाह
गरेकी उनलाई श्रीमान्ले अत्यन्तै माया गर्थे, आफ्नी श्रीमतीसँग हरेक कुरा
सोधिरहन्थ्यो, बताइरहन्थ्यो, हर घडी श्रीमतीकै साथ रहन्थ्यो । आफ्नी
श्रीमतीप्रतिको उनको अत्यधिक चाहना र माया आखिर उनको विवाहलाई धरासायी
बनाउने कारक तत्व बन्न पुग्यो । श्रीमान्को सीमाभन्दा बढी मायालाई उनले
आफ्नो ‚वतन्त्रताको हनन् ठानिन् । आफ्नो खुशीले केही गर्न र कहीँं जान
नपाइने, हर बखत कैदी ज‚तो रहनर्ुपर्ने, कुनै कुराको पनि गोप्यता नरहने भनीे
नि‚सासिएको अनुभव गर्दै ती महिलाले आफ्नो श्रीमान्सँग पारपाचुके मागी
सबैलाई आर्श्चर्यचकित र ‚तब्ध पारेकी थिइन् । विवाहले केवल दर्ुइ शरीरलाई
मात्र हैन, मनलाई पनि बाँध्न सक्नर्ुपर्छ । विवाहलाई टिकाउन एक अर्कालाई
विश्वास, र्समर्पण र सम्मान गर्नुपर्छ भने शरीरका आवश्यकतालाई पनि बेवा‚ता
गर्नु हुँदैन । शरीरका पनि आफ्नै भोक र माग हुन्छन् । य‚तो भोकको समाधान
घरभित्रै भएन भने त्यसका लागि महिला वा पुरुषले बाहिर दृष्टि डुलाउन सक्छन्
। आफूलाई नपुग भएको कुरा अरुमार्फ् प्राप्त गर्न खोज्दा वैवाहिक सम्बन्ध
नै धरापमा पर्नसक्छ भन्ने कुराको चिन्ता उनीहरू गर्दैनन् । घरमा जवान
छोराहरू भईकन पनि आफ्नी श्रीमती अधवैंसे र रसहीन भएको बहानामा कतिपय
पुरुषहरू आफ्ना छोराको उमेरकी तरुनीसँग विभिन्न पिकनिक ‚पटहरूमा डुली रास
रचाइरहेका हुन्छन् । विवाह उनीहरूको निम्ति उनीहरूका रसरंगलाई लुकाउने
सामाजिक ढाल मात्र हुन्छ । विवाह एउटा साझा अनुभूति हो, श्रीमान् श्रीमतीको
एक अर्काप्रतिको जिम्मेवारी, दायित्व, मायाप्रेम र भरोसाको । एक
अर्कामाथिको भरोसा अनावश्यक शङ्का, विश्वासघात र ‚वार्थले गर्दा टुटेको दिन
विवाहले आफ्नो गरिमा गुमाउँछ र त्यसपछि यो फगत एउटा नाटकमा सीमित रहन
जान्छ । त्यसैले एक अर्कामाथि शङ्का गरिने ‚थिति आउन दिनुभन्दा पहिले नै
त्य‚ता ‚थितिहरूबाट आफूलाई जोगाउनर्ुपर्छ ।
विवाह
असफल हुनुमा एक अर्कालाई होच्याउने बानी, विभिन्न बहानामा ढाँट्ने, घरमा
पर्याप्त समय नदिने र बरालिएर हिँड्ने ‚वभावहरू पनि प्रमुख कारण हुनसक्छन् ।
केटा वा केटीको अहम्ले गर्दा लिइने अनावश्यक अडानलाई पनि बिर्सनु हुँदैन ।
सफल विवाहका लागि 'अहम्' भन्ने कुरा ज्यादै घातक हुन्छ, यसलाई हावी हुन
दिनुहुँदैन । अहम्कै कारणले कतिपय श्रीमान् श्रीमतीको बोलचालै बन्द भई
जीवनका अन्तिम क्षणसम्म पनि एउटै घरमा अपरिचित ज‚तै बसेका उदाहरण पनि नभएका
होइनन् । सुन्दरता र माया बाह्य आवरणमा हैन, मनभित्र वि‚वास र समdmदारीमा
हुन्छ भन्न्ेा कुरा बुभ्mन सकिएमा जीवनसाथीप्रतिको आकर्षा घट्न पाउँदैन ।
आफ्नो जीवनसाथीको साथ, सामिप्य, र्‚पर्श, सहानुभूति र मायाको सम्बोधन हरेक
दम्पतिको चाहना हुन्छ । एकले अर्काको भावनालाई बुझेर, सम्मान गरेर,
दास्रोप्रति संवेदनशील हुन सक्नर्ुपर्छ । भएका गल्तीमा माफी माग्ने र दिने,
हौसला र प्रेरणा दिने, आफ्नो जीवनसाथीको तुलना अरुसँग कहिल्यै नगर्ने,
पर‚परको भावनामा चोट पुर्याउने काम कम्तीमा जीवनसाथीको अगाडि नगर्ने,
नभन्ने र जतिसुकै व्य‚त भए पनि उनलाई सुन्ने समय निकालेर समर्पित रहेको
अनुभूति गराउन सकियो भने दर्ुइबीचको मायामा कहिल्यै कमी आउँदैन । तन र मन
सन्तुष्ट हुने विवाह नै सफल विवाह हैन र ?
0 comments
Write Down Your Responses