Miss Nepal makes us proud by reaching Top 10 for the first time
नेपाली सुन्दरी ईशानी श्रेष्ठको मिस वर्ल्ड यात्रा टप १० मा सिमित भएको छ। विश्वका एकसय ३० देशका सुन्दरीलाई पछाडि पार्दै ‘व्यूटी वीथ पर्पोज’ उपाधि जितेकी ईशानी अन्तिम ६ मा पर्न सकिनन्। यद्यपी उनले उत्कृष्ट दशमा पर्ने पहिलो नेपाली चेलीको रेकर्ड बनाएकी छिन्। नेपालले मिस वर्ल्डमा सहभागीता जनाउन थालेको डेढ दशक बितिसकेको भएपनि अहिलेसम्म कुनै नेपाली सुन्दरी टप १० मा परेका थिएनन्। निकै आशा राखिएको भए पनि अघिल्लो वर्षकी मिस नेपाल सृष्टि श्रेष्ठ टप २० बाटै बाहिरीएकी थिइन्।
ईशानीले ‘ब्यूटी वीथ पर्पोज’ जितेबापत १० हजार अमेरिकी डलर प्राप्त गरेकी छिन्।
मिस नेपाल २०१३ भएपछि जुम्लाका विभिन्न गाउँमा गरेको दन्त शिविरको आधारमा तयार पारेको डकुमेन्टीले उनलाई ‘व्यूटी वीथ पर्पोज’ उपाधी दिलाएको थियो। शनिबार इन्डोनेसियामा भएको मिस वर्ल्डको फाइनल समारोहमा ईशानीले आकर्षक नृत्य पनि प्रस्तुत गरेकी थिइन्। उनले ‘माइतीघर’ बोलको गीतमा आफ्नो कला देखाइन्। १ सय ३० प्रतिस्पर्धीमध्ये ११ जनाले मात्र आफ्नो देशको साँस्कृतिक विशेषता झल्कने नृत्य देखाउने अवसर पाएका थिए।यसैबिच, ‘मिस वल्र्ड २०१३’को ताज फिलिपिन्सकी सुन्दरी मेगान योङले जितेकी छिन्। अमेरिकामा जन्मिएकी योङ टिभी प्रस्तोता र कलाकार पनि हुन्। त्यस्तै, फस्ट रनरअप फ्रान्सकी मारिन लोर्पेलिन र सेकेन्ड रनरअप घानाकी ना ओकेले सुटर भएकी छिन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.
0 comments
Write Down Your Responses