आकाश गर्जेको बेला तारजडित टेलिफोनमा कुरा गर्ने वा टिभी हेर्ने बानी छ ?

यस्तो बानी भए आजैदेखि छुटाउनुस् । एकछिनको मनोरञ्जनले तपाईंको ज्यानै
लिनसक्छ । पछिल्ला वर्षमा चट्याङबाट मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि
सरकार र सरोकारवालाले यसबाट बच्न चेतनामूलक कार्यक्रम संचालन गर्नथालेका
छन् । गृह मन्त्रालयका अनुसार २०६८ मा १ सय ३ र २०६९ मा १ सय ३१ जनाको
ज्यान गएको छ । यस्तै यो वर्षको असारसम्म ५१ जनाले चट्याङबाट ज्यान गुमाएका
छन् । ‘पछिल्लो समय मुलुकमा बढी चट्याङ पर्नेमा बंगालसंग नजिक झापाको
पूर्वी भाग, नवलपरासीको नारायणी किनार क्षेत्र, हेटौंडाको उत्तरी क्षेत्र र
पोखराको छेउछाउमा बढी चट्याङ पर्ने गरेको पाइएको छ,’ चट्याङबारे
विद्यावारिधि गरेका अमृत साइन्स क्याम्पसका प्राध्यापक श्रीराम शर्माले भने
। सहरको तुलनामा गाउँघरमा चट्याङका घटना बढी हुने गरेकाले जनचेतनाका
कार्यक्रम पनि ती क्षेत्रमा बढी खाँचो रहेको उनले बताए । सहरमा अधिकांश
घरमा फलाम, तामा, आल्मुनियमजस्ता धातुको प्रयोग बढी हुने हुँदा त्यसले
करेन्टलाई तल जान मद्दत पुगी चट्याङ पर्नबाट जोगिने शर्माको भनाइ छ ।
पछिल्लो समय सहरी क्षेत्रमा नयाँ घरहरु बनाउँदा केहीले ‘अर्थिङ’ लगायत
संरक्षण उपाय अवलम्बन गरेको पाइन्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम
(युएनडीपी) ले गृहमन्त्रालय र गैरसरकारी संस्थासंग मिलेर चट्याङसम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको छ ।
यसैक्रममा विद्यालय र स्थानीय तहमा वितरण गर्न केही दिनअघि ‘चट्याङ: सुरक्षाका उपायहरु’ ब्रोसर प्रकाशन गरिएको छ । ‘यसबारे स्थानीयस्तरमा जनचेतना जगाउने कार्यक्रम लैजादै छौं,’ युएनडीपी अन्तर्गत विस्तृत प्रकोप जोखिम व्यवस्थापन कार्यक्रम (सीडीआरएमपी) का कार्यक्रम प्रबन्धक मानबहादुर थापाले भने । ‘जिविससंग समन्वय गरेर बढी प्रभावित जिल्लाबाट जनचेतनाका कार्यक्रम संचालन गर्दैछौं,’ चट्याङसम्बन्धी विज्ञका रुपमा काम गरिरहेका शर्माले थपे, ‘यसबारे विद्यालयको पाठ्यपुस्तकमा पनि राख्नुपर्ने आवश्यकता छ ।’ पहाडको चुचुरो र हिमाललगायतका अग्ला ठाउँमा चट्याङ पर्ने बढी सम्भावना हुन्छ । धातुका तारबारको नजिक नबस्न र खेतबारीको काम तुरुन्त बन्द गरी सुरक्षित स्थानमा जानुपर्छ । विज्ञले विद्युतीय उपकरण र तारजडित टेलिफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । यस्तै झ्यालढोका खुला नछोड्ने र भित्ता वा झ्यालढोकामा टाँसिएर बस्नु हुँदैन । सिधै धाराबाट नुहाउने, भाडा माझ्ने, हात धुनेजस्ता कार्यबन्द गर्नुपर्नेछ । चट्याङका बेला जंगलमा हुँदा अग्लो र एउटा मात्रै रुख भएको स्थानमुनि ओत लाग्नुपर्ने विज्ञहरुको सुझाव छ । यस्तो बेला माछा मार्ने, पौडी खेल्ने र डुंगा चढ्ने काम गर्न नहुने उनीहरुको भनाइ छ ।
घर र पूर्णरुपमा ओत भएका सवारी साधन चठ्याङका बेला सुरक्षित स्थान मानिन्छन् । वायुमण्डलका कुनै दुई क्षेत्रबीच अचानक हुने विद्युतीय प्रवाहका कारण चट्याङ उत्पन्न हुने विज्ञहरु बताउँछन् । यसले गर्दा क्षणिक र तीव्र प्रकाशलगायत ठूलो गर्जन उत्पन्न हुन्छ । बादलभित्रका साना बरफ र चिसो पानीको घर्षणबाट विद्युतीय चार्ज उत्पन्न भइ त्यसको असन्तुलनबाट चट्याङ उत्पन्न हुने गरेको हो । जलवायु परिवर्तनले गर्दा पछिल्लो समय चट्याङको घटना बढेको थापाले बताए । ‘बादल लागिरहेका बेला गर्मी महसुस भएमा, बादल गाढा खैरो वा कालो निलो देखिंदा बढी चट्याङ पर्ने सम्भावना हुन्छ,’ शर्माले भने ।

0 comments
Write Down Your Responses