आखिर किन मानिस नङ टोक्छन् ?

यसले मानिसको हातको स्वरुपलाई नै खराब बनाइदिन्छ यो स्वस्थकर बानी पनि होइन धेरै भयो यसले तपाईंलाई दुख्न पनि सक्छ तर पनि मानिसहरु यस बानीलाई त्याग्न सक्दैनन् आखिर किन मानिस नङ टोक्छन् ?

बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनदेखि ब्रिट्नी स्पेयर्स सबैलाई नङ टोक्ने बानी मनोविज्ञानका चिकित्सकहरुले यसलाई इम्पल्स कन्ट्रोलको समस्या भनेर व्याख्या गरेका छन् मानिसको मस्तिष्क मनोभावसँग यो बानीलाई उनीहरु जोड्ने गर्छन् मानिस कहिले उत्साहित हुँदा वा व्यग्र हुँदा नङ टोक्ने गरेको पाइएको अहिले लगभग ४५ प्रतिशत युवाहरुलाई यो बानी रहेको यसमध्ये आधालाई डाक्टरसँग सल्लाह गर्नुपर्ने स्थितिमा पुगेका छन्
धेरैले यसका लागि आमालाई पनि दोष दिन्छन् जस्तै बाल्यकालमा बच्चाहरुलाई कम खुवाएमा वा स्तनपान धेरै गराएमा वा आमासँग राम्रो सम्बन्ध नभएको खण्डमा यस्तो बानी लाग्ने बताउँछन् यसबाट नङ टोक्ने बानी मात्र नभएर, धुम्रपान गर्ने, रक्सी खाने वा मुख मैथुन मनपराउने सम्मका बानी मानिसमा देखा पर्छ यो सिगमण्ड फ्रायडको सिद्धान्तसँग पनि मेल खान्छ नङ टोक्ने मानिसहरु बढी रक्सी खान्छन् भन्ने सिद्धान्त पनि एक पटक आएको थियो तर यसबारे त्यति धेरै प्रमाणहरु भने फेला परेको छैन

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.