लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक


लौका परिचित नाम हो । यसलाई तरकारीको रुपमा धेरैले प्रयोग गर्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ । यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ ।

रक्तबिकार
रक्त विकारमा आधा गिलास लौकाको जुुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुादै जान्छ । दाातको दुःखाई
दाातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने । छानेको पानीले कुल्ला गर्ने । दिनमा २-३ पटक यसो गर्नाले दाातको दुःखाई कम हुन्छ ।

मुटुको रोग
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०-२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।

पिलो
पिलो भएको व्यक्तिले दैनिक १५-३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २-३ पटक पिउनाले फाइदा गर्दछ ।

मुत्र नलीको जलन
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ ।

अनिन्द्रा
लौकाको रसमा थोरै तिलको तेल मिलाउने । सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने । केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ ।

रक्तश्राप
रक्तश्रापमा पनि लौका लाभदायक छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट िबााध्ने । यसले बगेको रगत रोकिन्छ । यसका साथै लौकाको रस पनि पिउने ।

ज्वरो, पित्त र बाथ
ज्वरो आएको बेला २० मि.ली. लौकाको रसमा थोरै मिश्री मिलाएर
सेवन गर्दा लाभ हुन्छ । यसले बात, पित्तको समस्यामा पनि लाभ पुग्छ ।

गर्भाशय सम्बन्धि समस्या
गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.