चार बर्षिय नेपाली बालकले ‘गुगल ब्वाय’को संज्ञा पाए

फोटो: सगरमाथा टिभी
यतिखेर एक जना नेपाली बालकले ‘गुगल ब्वाय’को संज्ञा पाएका छन् । दैबी शक्ति भनौ अथवा के भनौ उनले दिने जवाफले सबैलाई आश्चर्यचकित बनाई दिन्छ । बिद्यालय समेत नटेकेका आदीत्य दाहालको प्रतिभा देखेर जो कोही पनि आर्श्चयमा पर्ने गर्दछन् । विक्रम संवत् २०६७ साल श्रावण ७ गते काठमाडौंको चावहिलमा जन्मिएका यी बालक असाधारण प्रतिभाका धनी छन् । झापा पुर्खेली घर भएका इन्दिरा र शेषराज दाहालका यी चार बर्षीया छोराको बिलक्षण प्रतिभाले सबैलाई चकित पारिरहेको छ । सुरुको दिनमा सामान्य अवस्थामा हिड्न, बोल्न थाले पनि अहिले शारीरिक रुपमा कमजोर भएका कारण बोल्न, हिड्न केही सक्दैनन् । तर उनी अरुले सोधेको र लेखेको जटिल प्रश्नको समेत सहज रुपमा उत्तर लेखेर सबैलाई चकित पार्छन् । उनी भबिश्यवाणी समेत गर्न थालेका छन् । नेपाली भाषा मात्र हैन् अन्य धेरै भाषामा सोधिएका छोटा छोटा प्रश्नको सही उत्तर दिने गर्छन् ।
आफ्नै आत्मज्ञानबाट कखरा र एवीसी लेख्न सिकेका आदित्यले भारत, चीन लगायत देशका प्रधानमन्त्रीको नाम नेपालका ७५ वटै जिल्ला र १४ वटा अञ्चलको नाम लेख्न सक्छन् । यती मात्रै होइन उनी आफुसंग घुलमिल भएका व्यक्तिहरुको नाम र काम कारबाही समेत लेख्न सक्छन् । उनीसंग शब्दजालको भण्डार नै छ, गुगल र विकिपीडिया जस्तो । एक नेपाली टेलिभिजनमा पुगेका उनीले कोरियन भाषामा अमनी लेखेर नेपालीमा उल्था गर्न लगाउदा उनले सहजै आमा लेखेर सबैलाई आश्चर्य चकित पारे ।
अभिभावकले भने जस्तै आदित्य झण्डै ३ बर्षसम्म हिडडुल गर्नसक्थे र सामान्य बोलिचालीको भाषा बोल्थे पनि सक्थे । विस्तारै उनीमा सुस्तता देखापर्दै गयो र उनी हात गोडा मात्रै होईन जिब्रो समेत चलाउन नसक्ने अवस्थामा पुगेका छन् । छोराको यस्तो अवस्था व्यहोरेका अभिभावकले उपचारका लागि काठमाडौंको न्युरो, कान्ति वाल अस्पताल, काठमाडौं मेडिकल कलेज लगायतका दर्जनौ अस्पताल र भारतको न्यु दिल्लीस्थित गंगाराम अस्पतालसम्म उपचारको लागि धाए तर सबैजसो अस्पतालले कुनै रोग पत्ता लगाउन नसक्दा भने अभिभावक मर्माहित रहेका छन् ।
असामान्य अवस्थाका देखिएका आदित्यमा २०७१ असार २५ देखि भने चमत्कारीक ज्ञान देखिन थालेको अभिभावको भनाई रहेको छ । उनले कखरा, एबीसी मात्रै होइन, विद्यालय नै नदेख्दै कठिन शब्द आफै लेख्न थाले । २०७१ असारको अन्तिम साताबाट सुरु भएको आदित्यको चमत्कारीक ज्ञान अझ बढी रहेको छ । उनी अहिले आफुसंग घुलमिल भएको व्यक्तिको नाम, काम कारबाही मात्रै होइन भविश्य समेत कोर्न सक्छन् । उनी नचिनेका व्यक्तिले सोधेका कठिन प्रश्नको जवाफ पनि लेखेरै दिने गर्छन् । ४ बर्षका यी बालकमा देखा परेको यो ज्ञानको भण्डार जति विशाल छ । अभिभावकमा त्यती नै पीडाबोध पनि छ । उनीहरु उपचारका लागि सहयोगी हातहरु खोजिरहेका छन् । एउटा बालकमा असामान्य अबस्थामा देखिएको यति ठुलो क्षमता एउटा पढेलेखेको बौद्धिक युवाको भन्दा विशाल छ । बालकको थप शिक्षाका लागी अभिभावकहरु विद्यालयको खोजिमा छन् । उपचारको लागि सुबिधा सम्पन्न अस्पतालमा लाने प्रयन्नमा रहेका छन् ।
उनले संबिधान २०७२ सालमा बन्ने तथा शुशील कोइराला पछि केपी ओली प्रधानमन्त्री बन्ने कुरा पनि लेखेर भबिश्यवाणी गरेका छन् । कतिपयले भने यो शक्तिलाई दैवीशक्तिको रुपमा लिन थालेका छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.