स्वास्थ्यलाई सन्तुलित राख्न र विभिन्न रोगबाट जोगाउन दहीको भूमिका

दही स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसमा हुने रासायनिक पदार्थले दूधभन्दा चाँडो पच्छ पनि । दही भुटेको जिरा वा सिधेनुनका साथ प्रयोग गर्नु उपयुक्त मानिन्छ । स्वास्थ्यलाई सन्तुलित राख्न र विभिन्न रोगबाट जोगाउन यसको भूमिका हुन्छ । केही विशेषता :
  • अपच र कब्जियतजस्ता समस्यामा दही सेवनले लाभ दिन्छ । पेटको गडबडी छ भने भातमा दही मिसाएर खाँदा राहत हुन्छ । पायल्सको समस्या भए दिउँसोको खानापछि एक गिलास महीमा ज्वानो मिसाएर नियमित पिउँदा ठीक हुन्छ ।
  • दहीले हृदयरोग, उच्च रक्तचाप, मिर्गौलाको रोगमा पनि लाभ पुर्‍याउँछ ।
  • कोलेस्टेरोल बढ्न दिँदैन, यसले मुटुको चाल सन्तुलन राख्न मद्दत पुग्छ ।
  •  क्याल्सियमको मात्रा अधिक मात्रामा पाइने हुनाले हाडको विकासमा मद्दत पुर्‍याउँछ । साथै दाँत र नङ बलियो बनाउँछ । मांसपेसीलाई सही ढंगले काम गर्न सहयोग गर्छ ।
  •  पेटका रोगीले जुनेलोको रोटीसँग दही खाँदा ठीक हुन्छ ।
  • दहीमा मह मिसाएर खाएमा साना बच्चाको दाँत सजिलै आउँछ ।
  • मुखमा घाउ आएको छ भने मह र दहीको समान मात्रा मिसाएर बिहान–बेलुकी लगाउने हो भने सञ्चो हुन्छ ।
  • दहीको सेवनले शरीरको बोसो घट्छ ।
  • गर्मी मौसममा दहीबाट मही निकालेर या लस्सी बनाएर पिए पेटको गर्मी शान्त हुन्छ । मही या लस्सी पिएर बाहिर निस्कँदा लु लाग्ने पनि डर हुन्न ।
  • दहीमा किसमिस, बदाम, छोकडा आदि मिसाएर खानाले तौल बढ्छ ।
  • कपाल सुन्दर, स्वस्थ या निरोगी बनाउन दही या महीको प्रयोग गर्न सकिन्छ । नुहाउनुपूर्व दहीलाई कपालमा लगाएर जरैसम्म पुग्ने गरी मालिस गर्ने र केही समयपछि धुने । यसो गर्दा कपाल सुन्दर हुन्छ ।
  • दहीलाई जिरा वा हिङमा मिसाएर खानाले जोर्नी दुख्न कम हुन्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.