उल्टो पैताला भएकी महिला

एजेन्सी/ किस्सा–कहानीमा उल्टो पैताला भएका महिलाबारे सुन्न पाइन्छ । यस्तो पैताला भएकी महिलालाई कहानीमा चुँडेल नाम दिइएको छ । तर, साँच्चै यस्तो पैताला भएका महिला कतै छिन् भनेको सुन्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य हो, चीनको एउटा गाउँमा यस्तै महिला छिन् ।
चीनको चङकिङ सहर निवासी २७ वर्षीया वाङ फाङ नाम गरेकी युवतीको दुवै पैताला उल्टो छ । तर, यसले उनलाई कुनै अप्ठेरो गरेको छैन । उनी मजासँग हिँड्डुल गर्न, सामान्य मानिसझैँ दौडिन र काम गर्न सक्छिन् । कुनै दुर्घटनामा परेर नभई आनुवांशिक दोषका कारण उनको खुट्टा यस्तो भएको हो ।
उनको खुट्टा जन्मजात यस्तो भएको हो । अभिभावकले सानैमा उनलाई डाक्टरकोमा लगेका थिए । उनी हिँड्न सक्नेमा डाक्टरहरूले पनि शंका व्यक्त गरेका थिए । तर, हिँड्डुल गर्न मात्र नभई उनी सामान्य युवतीले गर्ने हरेक काम गर्न सक्छिन् । चीनको एउटा रेस्टुरेन्टमा उनी वेटरको काम गर्छिन् ।
‘खुट्टाले मलाई कुनै अप्ठेरो पारेको छैन । मेरा सँगिनीबीच सबैभन्दा चाँडो दौडिन्छु, म,’ उनी भन्छिन् । जुत्ता लगाएर हिँड्दा उनी अन्य युवतीभन्दा रत्तिभर पनि फरक देखिन्नन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.