जुका परेको कसरी थाहा पाउने

खास गरेर बच्चाको पेतमा धेरै जुका पाइन्छ । तर कहिलेकाहिँ ठूला मानिसहरुमा पनि यस्ता जुका पर्न सक्छन् । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले  खाएको पौष्टिक आहाराको पोषण तत्व सबै जुकाले खान्छ । बच्चा दुब्लो पातालो र ख्याउरो देखिन्छ । जुकाको रोकथाम समयमै गर्न सकिएन भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदिको रोगको सिकार बन्नुपर्दछ ।

जुका पर्नुको कारण
  • नङ टोक्ने बानिले गर्दा
  • हात नधोईकन खानेकुरा खानाले ।
  • भुईमा झरेको खानेकुरा खानाले ।
  • काँचो मासु खानाले ।
  • धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।
  • फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।


जुका परेको कसरी थाहा पाउने 
  • रोगी दुब्लो पातलो हुनु ।
  • अनुहार पहेँलो देखिनु । 
  • बारम्बार नाक र गुदद्वार चिलाउनु ।
  • रोगीको आँखामुनि कालो घेरो पर्नु ।
  • धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।
  • निन्द्रामा दाँत किटकिटाउनु ।
  • ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।
  • सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.