दलित महिला आफ्नै कारणले अझ बढी हिंसा खेप्न बाध्य भएका छन - गोपाल सिवा

काभ्रे देवीटार गाविस की २० वर्षीया कल्पना रिजाल (विक) लाइ सोही जिल्लाको सिपापोखरी गाविसका १९ वर्षीय सन्तोष आचायले विवाह गरेको तीन दिनमा नै दलित भन्ने थाहा पाएपछि सम्बन्ध विच्छेद गरेको खबर अहिले मुलधारका मिडिया भन्दा सामाजिक सञ्जाल र ब्लगहरु मा आगो सरि फैलिएको छ ।  हजारौ दलित गैर दलित सम्म यो खबर पुगेको छ । कतिपय साथीहरुले दलित भन्न नरुचाउनेहरु नरुचाउनेहरुले किन आवाज उठाएनन ? यस्तो घटना हुदा सम्म कहा पुछार लुकाए ? हजारौ दलित सस्था  हुदा नि निकम्मा भए भनेर धेरै ले  भनी रहेको छन् । कोहिले हाम्रा चेलीहरुलाई माथिला जात बाट हुने प्रेमको नाटक बाट होसियार भन्दै खवरदारी गरिएको छन ।

अझ त्यतिले मात्र नपुगि त्यस घटना माथि थप राजनीति गन्ध सुरु पनि भै सकेको छ  । गैर दलित समुदायमा दलितहरुलाई विभेद गर्नुपर्छ भन्ने भावना भएकाहरु थुप्रै छन् र दलित समुदायमा पनि गैर दलितहरुसँग लडेर बदला लिनुपर्छ भन्ने भावना भएका व्यक्तिहरु पनि छन् भन्ने कुरा सामाजिक सन्जालमा यस्ता समचार आउदा  लेखेका र गरेका टिका टिप्पणीहरु हेर्दा प्रस्ट हुन्छ । युगौ देखि  नेपालका कथित दलितहरु समाजका हरेक ठाउमा विभेदका शिकार भएका छन् जातीय असमानता , छुवाछुत, विभेद ले पिल्शिएका छन् , प्रताडित भएका छन् ,जकडिएका छन र यिनै सबै कुराहरुलाई मध्यनजर गरेर राज्यले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको पनि छ , कानुनमा सुधार पनि गरेको छ  । समाजमा सबै जातजातिबीच सहजरुपमा वैवाहिक सम्बन्ध कायम हुन सक्ने परिपाटीको विकास हुनु पर्छ  भन्ने सोचलाई नेपाल सरकारले सम्बोधन गर्दै दलित जातीको पूर्ण मुक्तिका लागि वैवाहिक सरलताको लागि  सरकारले प्रोत्साहन रकम दिने थालनी पनि गरेको छ  । गैर दलित सग बैबाहिक जीवन बिताएर नाम र दाम कमाएका पनि धेरै दलित महिलाहरु पनि हाम्रा समाजमा छन् । तर बिडम्वनाका साथ भन्नु पर्छ वर्षाै बितिसक्दा समेत मुलुकको व्यवहारमा मा समता मुलुक ब्यबहारको थालनी  भन्दा पनि उही पुरानो जातीय विभेदका जटिलताहरु हाबि भएको छन त्यही भएर पनि मुलधारका मिडियामा भन्दा पनि  सामाजिक सञ्जालमा  नेपाली कथित  दलित समुदायका अगुवाहरु यस्तो गम्भिर बिषयमा खुलेरै अनेकै खबरदरि गर्दै एकताबद्ध हुदै छन् जुन आजको आवश्यकता पनि हो।
आज मैले यहाँ उठाउन खोजेको बिषय भने दलित महिला आफ्नै कारणले अझ बढी हिंसा खेप्न बाध्य भएका छन भन्ने हो  । पुरुष भएर महिलाको कमजोरी देखायो भन्नु होला तर आमा ,दिदि, बहिनि ,जीवन साथी, छोरी र साथीहरु महिला पात्र नै भएको पुरुष हु त्यसैले सबैलाई बुझेको छु  । महिलाहरुको आर्थिक, राजनैतिक, सामाजिक र लैङ्गिक अधिकारका कुराहरुमा पहुँच भए पनि पुरुषहरु सरह समान सहभागिता र समान अधिकारका सवालमा खासै उपलब्धि भएको छ भन्न मिल्ने अवस्था अहिले पनि छैन भनेर सर्वत्र भनि रहेका छौ र हो पनि । त्यसमा पनि दलित समुदाय धार्मिक, आर्थिक, राजनैतिक, सामाजिक रुपले पिँधमा पारिएको समुदाय हो  । अझ दलित महिलाहरुको कुरा के गर्नु बाल विवाह, बहु विवाह,बलत्कार , बोक्सी, दाईजो जस्ता कुसँस्कारहरु बाट पनि दलित महिलाहरु नै वढि पिडित हुने गरेका देखिन आएको छ ।  अन्य महिलाको तुलनामा दलित महिला बढी हिंसाको सिकार हुनुपरेको छ भन्दै हामी हरेक पिडामा खुलेर समर्थन गर्छौ तर कहिले हामीले हाम्रा चेलीबेटीको मुर्खता प्रति , गल्ती प्रति फर्केर हेर्ने बानि गरेका छौ त ?   सवै भन्दा पुरानो आन्दोलन भनिने दलित आन्दोलन लाई अहिले सम्मको कसौटीमा राखेर हेर्नुस  ।  के मुलुकमा  दलित समुदायका व्यक्तिहरुको सक्रियतामा मात्रै जातीय विभेदको अन्त्य सम्भव छ ?  दलित आन्दोलनलाई उचाइमा पुर्‍याउन अन्य समुदायको कुनै पनि भूमिकै छैन त् ?  छ भने घटनालाई बंग्याउने, दलितका गल्ती कमजोरी ढाक छोप गर्ने हाम्रा  दलित चेलीका कारणले  गैर दलित सग दूरी बढाउने र तिक्तता बढाउने काम  किन भै रहेको छ  ? किन हामीले हाम्रा चेली बेटीहरुको बानि व्यहोराले आफु प्रति हिशा वढाउने , घटना घटाउने र समस्या खडा गर्ने  कार्यले क्षणिक रुपमा फाइदा भए पनि दीर्घकालिन रुपमा यसले दलित समुदाय लाइ  नै असर पार्ने कुरामा हामी किन मौन छौ ? लौ आउनुस यी केहि घटनालाइ केलाएर हेरौ  ।
प्रशंग एक :-
 कल्पना रिजाल (विक) ले धेरै समय सम्म प्रेममा रनभुल्ल हुदा पनि आफ्नो जात लुकाउन सफल त भईन । हरेक भेटमा विक लुकाएर लुकाएर रिजाललाई परमुखता पनि दीईन तर अनन्त जात लुकाएर आफ्नै खुट्टामा बन्चरो हाने काम गरिन  ।सनिवारे  मेलामा भेट भयो आँखा जुध्यो माया बस्यो अनि उही संग हिडेको जस्तो गरेका छन् । कल्पना रिजाल (विक)लाइ आफ्नो बास्तबिकता उजागर गर्ने चेस्टा नहुनु र  सन्तोष आचायलाइ प्रेम गरुन्जेल जात थर जान्ने फुर्सद नहुनु बाट पनि प्रेम अन्धो हुन्छ भनेर दुबैले आँखा चिम्लेको आभास हुन्छ । तर  समाजमा सबै जातजातिबीच सहजरुपमा वैवाहिक सम्बन्ध कायम हुन सक्ने परिपाटीको लागि पनि एक अर्काको बारेमा रामरी बुझिन्छ । नीति नियम कानुन मा जति परिवर्तन भएका भए पनि ब्यबहारिक रुपमा जात लुकाएर माया बस्यो प्रेम भयो भन्दैमा वैवाहिक सरलताको ब्यबहारको थालनी गर्ने जुन गल्ती कल्पनाले गरेकी छिन त्यसैको परिणाम विवाहको ३ दिनमै सम्बन्ध बिच्छेद उपहार पनि पाएकी छिन ।  दलित भनि विभेद गरिएको हुनाले पीडकलाई छुवाछुत ऐन अन्र्तगत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइ सकेको छ ।अब सम्भबत पीडकलाई कारवाही र पिडितलाई अंश या मानो चामल भरिने छ  तर पनि जात लुकाएर विभेद को आफै सिकार भएकी उनि आफै बाट गरिएको गल्तिको बारेमा हामीले सोच्ने कहिले ? हाम्रा लैला मजनु जस्ता प्रेमीलाई चेतनाबोध कहिले गराउने ?

प्रशंग दोस्रो  :-
मोरङ बेलवारीमा माया सार्कीलाई कुट्दै मोसो दलियो त्यो एउटा बर्बरताको घटना थियो जसको सजाय अहिले दोषीहरुले भोग्दै छन् । माया सार्कीले साउन ७ गते साझ आफु माथि बलत्कारको प्रयास भएको र बेलबारी ३ कै छिमेकी जीवन भनिने चेतन भेटवाल जस्तो लागेर इलाका प्रहरी कार्यालय बेलबारीमा घटनाको विषयमा सोही दिन किटानी जाहेरी दिएको भन्ने पीडितको भनाई सहित घटनास्थलमा गई विभिन्न सरोकारवाला निकाय, पीडितहरु तथा संघसंस्थाहरुसंग गरिएको छलफल, अन्तरक्रिया तथा स्थलगत अध्ययनको आधारमा तयार गरिएको यो प्रारम्भिक घटनास्थल अध्ययन प्रतिवेदनमा उल्लेख छ ।बास्तबमा केहि पछि माया सार्कीलाई बलत्कार गर्ने अभियुक्त्त मोरङ शनिश्चरे ८ का ३५ बर्षिय कृष्णबहादुर सुन्दास पक्राउ परे । बास्तबिक अपराधी दलित समुदायकै रहेछन तर  बलत्कारको प्रयास गरेको भन्दै नाम नै तोकेर किटानी जाहेरी दिएपछि आक्रोशित गाउँलेले  झुटो आरोप लगाएको कुरामा यो घटना घटेको कटु यथार्थ सबैकेा अगाडी छ ।केही बर्षदेखी बेलबारी ३ को मिर्मिरे टोलमा बस्दै आएका  कृष्णबहादुर सुन्दासलाइ समेत माया सार्की राम्ररी चिनदि रहिछन तर आफुलाई  बलत्कारको प्रयाश गर्नेको नाम किटान गर्दै भन्नाले एउटा कल्पनै नगरेको घटना घट्यो । दलित सघर्ष समिती गठन भए घट्नाको विरुद्ध बेलबारी र घटना स्थलमा बिशाल –याली र ईलाका प्रहरी कार्यालय बेलबारी अगाडी कोण सभा गरी पिडीतलाई न्याय र पिडक लाई कानुनी कारबाहीको लागि जोडदार मागहरु भए  तर बलत्कार प्रयाश  आफ्नै समुदायको बाट घटेको र मायाले झुठो आरोप लगाउदा यो सब घटना घटेको सार्वजनिक भयो अनि दलित समुदायको अनुहारमा कति कालो पोतियो ? उनि बाट गरिएको गल्तिको बारेमा हामीले माया सार्कीको दोष केलाएर हेर्ने आट किन गरिनौ ?
प्रशंग तेस्रो   :-  यो घटना अदालतमा मुदा चलिरहेको हुनाले नाम खुलाएको छैन । घटना अनुसार अर्घखाची सीतापुर कि दलित समुदाय कि युवती लाइ बिबाह गरेको केहि महिनैमा उनका पति  मलेशिया गएछन  । साढे तिन बर्षमा घर आउदा उनकी श्रीमती साढे तिन महिनैको गर्भवती  भएको पाए ।२ /३ ओटा अस्पतालमा दोहोराई तेहराई भिडियो एक्सरे गरेर हेर्दा पनि बचचा  १५ हप्ताको नै भएको रिपोट पाए । आफु आएको एक महिनामै साढे तिन महिनाको बच्चा कसरि भयो भनेर  केरकार गर्दा कहिले बलत्कार भए  त कहिले राजी खुशी मेरो भटराई थरका  प्रेमीको हो भन्न थाले पछि उनले श्रीमतीका पिता दाजु दिदि लाइ सल्लहा गर्न सम्पर्क गरेछन । केहि दिन पछि आएर उनका दाई  पिताले श्रीमतीलाई लिएर गएछन  । श्रीमती लगेको केहि  दिन पछि घरमा बोलाएर ३ बर्ष सम्म राखेको तपाइको कमाई गरगहना फिर्ता लानु हाम्री छोरी चेली ले गल्ति गरि बिबाह दर्ता गर्नु भएको रहेनछ यो समस्या घरमै मिलाउ यो आफै बाटो लगेर जान्छे भन्दै युवतीका बाउ दाइ दिदि रोए छन् ।सामाजिक परिबेशमा बसेका अनि एकै दलित समुदायको समस्या किन बाहिर सार्वजनिक गर्नु भनेर  दुवै तर्फका  बसेर नेपाली कागजमा सामान रुपैया बुझी लिएको र अब देखि आआफ्नो बाटो लाग्ने भनि कागज गरेछन ।दुवै आआफ्ना बाटो लागेका उनीहरु केटाले फेरी विबहा गरे छन् भने केटीलाइ पेट बोकाउने भटराई थरका व्यक्तिले  ललाई फकाई गरी गर्भ पत्न गराएर फरार भए छन् । अहिले सात महिना पछी राजधानीका केहि दलित महिलावादीले उक्साएर पहिलेकै पतिले दाइजो मागेको कुटेको भन्दै झुठो बिबरण सहित अश मुदा अदालतमा चली रहेको छ । घटनालाई बंग्याउने, दलितका गल्ती कमजोरी ढाक छोप गर्ने कार्यले क्षणिक रुपमा कसैलाई फाइदा भए पनि दीर्घकालिन रुपमा यसले दलित समुदाय लाइ  नै असर पार्ने कुरा हाम्रा दलित महिला अधिकारबादीहरुले कहिले बुझ्ने ?

खुराफाती र अधिकरबादिको अहिले सस्कार नै दलित समुदायको महिला पुरुष सबैमा हुर्किएको छ । यी र यस्ता कयौ घटना हेर्दा कता कता अधिकारबादीहरुको उक्साहटमा , परिवारको उक्साहटमा हामीले  हाम्रा समुदायका महिला दिदि बहिनि लाइ उनीहरुकै  आफ्नै कारणले अझ बढी हिंसा खेप्न बाध्य हुने बाताबरणमा दलित भनेर हेप्यो चेप्यो मात्र भनेर मलजल त् गरि रहेका छैनौ ? हामी सबै जिम्मेवार व्यक्तिहरु थप गम्भीर हुनु पर्ने पो होकी ?
पर्तिक्रियाको लागि 
गोपाल सिवा 
gopsiwa@gmail.com

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.