दाद रोगको उपचार गर्ने तरिका

दाद रोगले मानिसलाई हैरानी बनाउँदछ । दाद  रोग चिलाउने भएको कारणले गर्दा बिरामीलाई हैरान पार्दछ । कुनै पनि शरीरभित्रका अङ्गहरुमा खराबी भयो भने दाद रोग नङ्ग, जाँघ, पेटको तल्लो भाग र अण्डकोशमा धेरै आउने गर्दछ । दाद रोगलाई दद्रु र एलोपेथिकमा रिंग वर्म भनेर चिनिन्छ । शरिरको गोप्य आङ्गमा पनि दाद आउने भएकोले यसको उपचार समयमा नै गनुपर्ने हुन्छ ।

दाद रोगको उपचार गर्ने तरिका
-रातो खुर्सानीको तेल, मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउने ।
-छाला, नङ औँलाको बीच तथा चेप, हातखुट्टा टाउकाको नियमित सफाई गर्ने र सधैँ सफा गर्ने ।
-दाद आएको भागमा निमको पातले सधैँ सफा गर्ने ।
-आफ्नो सरसफाइमा ध्यान दिने, सफा कपडा लगाउने ।
-हात खुट्टाको नङ्गलाई सफा राख्ने ।
-रोगीले प्रयोग गरेका सामान जस्तै टुथब्रस काईँयो लुगा रुमाल तौलिया अरुले प्रयोग नगर्ने ।
-दाद आएको भागमा नङ्गले चिलाउने प्रयास नगर्ने ।
-दाद आएको  भागमा परेको कपडा सफा गरेर मात्र प्रयोग गर्ने ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.