पातलो कम्मर बनाउने सजिलो तरिका

के तपाईं आफ्नो बढिरहेको कम्मरका कारण तनावमा हुनुहुन्छ रु लुगाबाट प्रस्टै देखिने मोटो कम्मरबाट सम्भवतः सबैलाई छुटकारा पाउन मन लाग्छ होला । तर, सहि तरिका थाहा नपाउँदा नचाहँदा नचाहँदै पनि यस्तो समस्याको शिकार धेरै मानिसहरु हुनुपर्छ ।मोटोपन कसैलाई पनि मन पर्दैन। जोही पनि आफु सुन्दर देखिन चाहन्छ । मनिसको सुन्दरता बढाउन शरिरका रहेक अङ्गको उतिकै महत्तो हुन्छ। पेट लागेको व्यक्ति खसै आकर्ष्क देखिदैनन् । बिचार गर्नुहोस् कतै तपाई पनि पेट लागेर तनावमा त हुनुहुन्न? यस्तो हो भने तपाइँको लागि खुसीको खवर छ । पेट घटाउन चाहनेहरुका लागि नयाँ वेट ट्रेनिङ विकाश भएको छ । 

अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा पेटघटाउने नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास गर्दा तपाइँको पेट सहजै घट्छ । शोधकर्ताहरुका अनुसार २० मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन पेट घटाउन सकिने बताएका छन् । शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट उमेर घर्किसकेका मानिसले पनि पेटघटाउन सक्ने दावी समेत गरेका छन् । शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार जनामा यस्तो अनुसन्धान गरिएको थियो ।  बीस मिनेटमा पेट घटाउने यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ ।
१. कागती पानी पिउनुहोस्ः कागती पानीले तपाईंको शरिरको कार्य प्रणालीलाई सुधार्ने गर्दछ त्यसकारण यसले तपाईंको कम्मरको वरिपरि बढिरहेको बोसोलाई पनि घटाउन मद्दत गर्दछ । यसका साथसाथै कागती, पानीले तपाईंको शरिरको बोसो घटाउने इन्जाइमलाई पनि बढाउने गर्दछ ।
२. क्रेनबेरीको रसः क्रेनबेरीमा भरपूर मात्रामा मेलिक एसिड, साइट्रिक एसिड र क्यूनिक एसिड हुने भएका कारण यसले इन्जाइमको रुपमा काम गर्ने गर्दछ । त्यसकारण यसले कम्मरको चौडाईलाई घटाउन मद्दत गर्दछ । हरेक दिन शत प्रतिशत शुद्ध क्रेनबेरीको रस पिउनाले तपाईंले केहि दिनमा नै पातलो कम्मर पाउन सक्नुहुन्छ ।
३. माछाको तेल पिउनुहोस् अथवा माछा खानुहोस्ः आफ्नो पेटमा जमेको बोसोलाई कम गर्न चाहनुहुन्छ भने माछाको तेलको सेवन गर्नुहोस् । माछाको ओमेगा थ्रीको फ्याटी एसिडमा पाइने आइकोसिपेन्टिनोइक एसिड, डोकोसुहेक्सीनोइक एसिड र लिनोलेनिक एसिडले पेटको बोसोलाई घटाउन मद्दत गर्दछ ।
४. अदुवा हालेको चियाः हुन त नेपाली खानामा अदुवाको प्रयोग नियमित रुपमा हुने गर्दछ जसले पातलो कम्मर हुन मद्दत गर्दछ । अदुवाले हाम्रो शरिरको तापक्रमलाई बढाउँदछ जसले गर्दा पेटमा जमेको बोसोलाई कम गर्दछ । तपाईंको पेटमा बोसो थुप्रै कारणले जम्मा हुन सक्दछ तर यसको विकल्पद्वारा निकै सजिलै सँग जम्मा भएका बोसो घटाउन सक्नुुहुनेछ ।
अदुवाको सेवन शरिरमा कोर्टिसोलको उत्पादनलाई घटाउने गर्दछ र शरिरको उर्जालाई नियन्त्रणमा राख्ने गर्दछ । त्यसकारण यदि तपाईं तरकारीमा अदुवा हाल्नु हुन्न भने चियामा हालेर पिउनुहोस् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.