विधुर र विधवा, पारपाचुके गरेकामा बढी मुटुको समस्या झन् धेरै

हालै गरिएको एक अनुसन्धानले विवाहित पुरुष भन्दा अविवाहित, एकल, विधुर र विधुवा तथा पारपाचुके गरेका मानिसहरुमा बढी मुटुको समस्या देखिने निष्कर्ष निकालेको छ ।  अमेरिकामा रहेको अमेरिका कलेज अफ कार्डियोलोजीले आफ्नो ६३ औ वार्षिक उत्सवमा यो रिर्पोट पेश गरेको थियो । ५० वर्षभन्दा मुनिको समयमा वैवाहिक जीवन र भास्कुलर रोगको सम्बन्ध हुने बताइएको छ ।   ३५ लाख मानिसहरुमा गरिएको अध्ययनले यस्तो निष्कर्ष आएको हो । 
यस रिसर्चका अनुसन्धानकर्ता कार्लोस एल अलभिरका अनुसार यो अनुसन्धान कसैको विवाह सम्बन्धि गरेको निर्णयमा असर पार्दैन ।   यो रिसर्चमा २१ वर्षदेखि १०२ वर्षका उमेरका मानिसहरुलाई सहभागि गराइएको थियो । यो रिसर्चमा सहभागिहरुको औसत उमेर ६४ वर्षको थियो त्यस्तै ६३ प्रतिशत महिलाको सहभागि रहेका थिए । सम्रगमा ६१.१ प्रतिशत सहभागिहरु विवाहित, १३ प्रतिशत विधुर, ८.३ प्रतिशत एकल, ९ प्रतिशत भने पारपाचुके गरेका थिए ।   
विवाह गरेका सहभागीहरुमाभन्दा एकल रहेका सहभागीहरुमा  ५ प्रतिशत बढी मुटुको रोग रहेको अनुसन्धानमा फेला परेको थियो । अरु रोगहपनि ज्यादा रहने रिसर्चले बताएको छ ।    रोचक कुरा त एकल बस्दै आएकाहरु भन्दा पनि विधुर र विधवा, पारपाचुके गरेकामा बढी मुटुको समस्या झन् धेरै देखिएको छ । एजेन्सी

2 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.