सवैलाई चेतना होस !!! - गोपाल सिवा

भदौ २०- धेरै पहिला घोडाको लगामको बारेमा एउटा कथा सुनेको थे । कथाले दिएको नीति शिक्षा अनुसार समाजका शोषकहरु घोडा मालिक जस्तै हुन जस्ले घोडालाई आफ्नो स्वार्थ अनुसार आफू चढेर हिड्न पाइयोस भनेर ,आफुले चाहेको तरिका बाट हिडोस~ रोकियोस भनेर र नियन्त्रण बाहिर नजवोश भनेर लगाम लाएर आफूले समाएर हिड्छ भनिएको थियो  । त्यही कथाको घोडालाइ जस्तै ७ दशक देखि दलित समुदायका नेताहरुलाई लगाम लगाएर ठुला दलका आधुनिक मुखियाहरुले पाटीको भारी र त्यस माथी आफू चढेर कुदाएको तथ्य नया सविधानको मस्यौदा देखि संशोधन प्रस्ताव सम्म आइपुग्दा उज्गार भएको छ । अन्तिम बिकल्पको रुपमा केही दिन अघि सविधानसभामा हालेको संशोधन प्रस्ताव फिर्ता लिन  एमालेका मुखियाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनसम्म गरिने भन्दैदिएको दवावमा दलित समुदायका सभासदले  फिर्ता लिएको  , एमाओवादीका मुखियाले संविधानको विधेयक पारित गर्ने क्रममा पार्टी नीति विपरीत मतदान गरे सभासद्लाई कारबाही गर्ने तयारी गरेको देखि यसरी मतदान गर्नेले आजै पाटी छोडेर जाव भन्नेको सम्म सुनिएको छ भने काङ्ग्रेसका मुखियाहरुले झन सभासद्ले ह्वीप उल्लंघन गरिहाले दल त्याग ऐन छँदैछ त्यही मार्फत कार्वाही हुन्छ भनेर मान्सिक टचर दिएका छन ।
~~~~~~~
 समग्रमा संशोधन प्रस्ताव फिर्ता लिइ भन्नू नै घोडाको लगाम तान्नु हो ।जति सुकै ठुला परिवर्तन भए पनि दलित समुदायको जिवन भयानक उत्पीडनमा छ । हिजो गाउँ बस्ती देखि आज नीति नियम बनाउने सिंह दरवार सम्म आइपुग्दा पनि मनमा सयौं विभेदका तिता सम्झनाहरु संगै हजारौं चोटहरु छन् जसलाई मलम पट्टि गरिदिने कुनै राजनितिक दलहरु र दलका ठुला मुखियाको मयालु हातहरु छैनन् र देखिएन्न । संसार गतिशिल हुंदा पनि नेपालको दलित आन्दोलनको ढकढुकि बिश्राम गर्न खोज्दै छ यिनै लगामका कारण  ।अब पनि लगाममा बाधिएर भारी चुइ चुइ बोकेर घोडा/गधा बनेर हिड्ने कि सकेको बिद्रोह गर्ने भन्ने प्रश्न दलित समुदायका अगुवा तिर तेर्साइ दिएको छ ? त्यसैले बेलैमा सवैलाई चेतना होस ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.