विश्वकर्मा पुजा :श्रम सीप चल्ने तर पानी नचल्ने ••गोपाल सिवा

वैदिक साहित्यमा विश्वकर्मालाई स्थापत्यकलाको संस्थापक भनि उल्लेख गरेको छ । निर्माण कलामा अग्रणी मानिएका विश्वकर्माले निर्माणमा पुर्‍याएको यहि योगदानको स्मरण स्वरुप आज अर्थात हरेक वर्षको असोज १ गते सवै धार्मिक आस्था र बिस्वास गर्नेहरुले औद्योगिक क्षेत्र, कलकारखाना, तथा उद्योगहरुमा बिशेष रुपमा प्रविधी र मेसिनरी सामानको पूजा गरि आजको दिनलाई वास्तु दिवसका रुपमा विश्वकर्मा बाबाको पुजा गर्ने गरेको पाइएको छ  । 
~~~
नेपाल सरकारले आजको दिनलाई विज्ञान दिवसको रूपमा मनाउने चल्नको सुरुवात गरेको छ ।हिन्दु धर्ममा ब्रम्हा, विष्णु र महेश्वरकै बराबरीमा पुजिने विश्वकर्माको योग्दान सम्झिदै परम्परा देखि पुजा गर्ने तर हाम्रा समाजमा रहेका निर्माण कलामा अग्रणी मानिएका उनै विश्वकर्माको सन्तानको श्रम सीप चल्ने तर पानी नचल्ने परम्परा सम्झिदा कता कता देखावटी रूपमा सस्कारको जगेर्ना त गरि राखेका छैनौ भने प्रतीत हुन्छ । जब सम्म श्रमजिवि , कला र सीपका धनी कथित विश्वकर्मा जस्ता सवै दलित समुदायले नेपाली राज्यको निर्माणमा आफ्ना परम्परागत कला, सीप र श्रमको माध्यमबाट शताब्दीऔं देखि योगदान दिँदै आएको कुरालाई ब्यबहारिक रूपमा पुज्न र सम्मान गर्न सक्दैनौं तब सम्म मुलुकले द्रिघ्कालिन बिकासको बाटो लिनै सक्दैन । 
~~~
त्यसैले नयाँ नेपाल बनाउने भनेर लागि परेका हामी सवैलाई समयमै कला, सीप र श्रमको सम्मान गर्ने ब्यबहारिक सोच आओस । सम्पुर्ण आस्था राख्नु हुने मित्रहरुलाई विश्वकर्मा पुजाको ढिलै भए पनि बधाई तथा शुभकामना !!!

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.