टुक्रे चरित्र देखाउने कम्रेड जति सवैलाई लाल सलाम !!!- गोपाल सिवा

काम्ररेड बाबुराम भट्टराईले आज बाट एमाओवादी पाटी त्याग गरेर प्रगतिशील राष्ट्रवादीको बाटोमा लागेको घोषणा गरेछ्न ।केहि बर्ष अघि सम्म बाबुरामले युद्ध कालमा आफूले दिएको राष्ट्रियताको नामको उग्र राष्ट्रबादको अभिब्यक्ती गलत, अधैर्य र आबेगपूर्ण थियो भनेर धेरै पटक भनी सकेका छन । सुन्नु भएको छ कि छैन कुनि आज पनि बाबुराम भट्टराईले घुमाउरो ढङ्गले आलोचना बाट बाच्न कुनै एउटा प्रायोजनको लागि एउटा युगमा स्थापना भएको  माओवादी पाटी अर्को युगमा काम लाग्दैन त्यही भएर नया ढंगको पाटी स्थापना गर्नु पर्छ भन्दै एमाओवादि पाटी परित्याग गर्दै एमाओवादी पाटि प्रायोजनहिन रहेको कुरा बताए ।हिजो जनयुद्ध सुरु भए देखि लाखौ मानिसहरु विस्थापित, बेपत्ता भए र जे जति धनसम्पत्तिको नोक्सान भयो त्यसको लेखाजोखा नगरौ तर जे प्रायोजनको लागि माओवादी स्थापना भएको भनेर बाडेको सपनाहरूमा ज्यानको बाजि लगाएर शहिद हुने , अङभङ्ग भएर घाइते हुने र प्रचन्ड~बाबुराम महान भनेर पुज्ने ती जिवितहरु लाई सोध्नुस के माओवादीको प्रायोजन सिदिएको हो ? 

बास्तबमा कम्युनिस्टहरुले श्रृङ्खलाबद्ध असफलता बेहोर्दा बोहोर्दै पनि फेरी त्यही कार्यशैली अपनाउछन र आफुलाई अर्को एउटा असफल आन्दोलनको नेतृत्व समुहमा रुपान्तरण गर्छन अनि सारमा आन्दोलनलाई गरिबि , उत्पीडित ,शोषितको ब्यापारको रुपमा दर्जित गराउछन भन्थे हो रहेछ ।त्यही भएर त हिजो आफुहरुले उग्र राष्ट्रबादको कुरा फलाक्दै सुरु गरेको क्रान्तिले १७/१८ हजार नेपालीको ज्यान गयो । समाजमा जनयुद्धले पारेको नकारात्मक प्रभाव अहिले पनि उस्त्तै छ,देशमा बिकास निर्माणको हालत के छ सवैलाई थाहा छ । बाबुराम स्वयं प्रधानमन्त्री भए, सविधानसभाका विभिन्न समितीहरुमा सभापती भए । प्रचण्ड पनि प्रधानमन्त्री भए त्यस पछि सरकार र शक्ति केन्द्रको रुपमा दाहिने भएर यी दुवै नेता मात्र हैन एमाओवादी पाटी नै बस्यो । हिजो आफुले सुरु गरेको जनयुद्धको मर्म र उदेश्यहरु के के पूरा गरे एवं गर्न के के प्रयत्न गरे त्यो हामि लाई मात्र हैन आन्तरिक नीतिको मुल्यांकन र समिक्षा गर्ने माओवादी सवैले बुझी सकेका छ्न । यस्तो बिथोलिएको राजनीतिले अब चै बाटो समाउला भन्ने स्थितिमा क्रान्तिको नेतृत्व गर्नेहरु एक पछि अर्को चोइटिदै आफैलाई प्रगतिशील राष्ट्रवादी घोषित गर्दैछ्न। हिजो को महान क्रान्ति,जनबाद अनी राष्ट्रियता किन र के का लागि थियो ? त्यही ब्यबहारिकता सावित गर्न नसकेर खलपात्र भै रहेको बेला फेरि राष्ट्रवादी र प्रगतिशील राष्ट्रवादीको खोल आखिरी किन ओढ्दै छ्न ? 

राष्ट्रियताको नाममा गलत र प्रायोजित नेपाली सम्बेदनामा खेलेर सत्तामा पुग्ने दाउ गर्ने र बर्ग संघर्ष देखि अन्य विभिन्न थरिका नयाँ र नौलो नौलो नाम दिएर दलित, मधेशी , मजदुर,किसान जस्ता सोझा सिधाहरुको दिमाग भुटेर आफ्नो बिचार लादेर आफ्नो भुडी भर्ने र टुक्रे चरित्र देखाउने 'काम्रेड' जति सवैलाई लाल सलाम !!! 


0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.