अनलाइन पत्रकारिता र परदेशी खबर डटकम -गोपाल सिवा

इतिहासलाई हेर्ने हो भने सन् १९९२ मा अमेरिकाको सिकागो ट्रिब्युनले समाचारपत्र मा छापिएका आफ्ना सामग्रीहरुको स्वरुप अमेरिका अनलाइनको होमपेज मार्फत अनलाइनमा राखेर पहिलो पटक अनलाइन पत्रकारितामा प्रवेश गरेको देखिन्छ । नेपालमा भने इन्टरनेट भित्रिएको एक बर्ष पछि अर्थात सन् १९९५ मा मर्कन्टायलको व्यापारिक वेभसाइट मार्फत दक्षिण एशियामै पहिलो पटक अंग्रेजी दैनिक दि काठमाण्डौं पोष्ट अनलाइनमा राखी अन्लाईन खबरको सुरुवात भएको थियो ।यी त आफ्नै समाचारपत्रमा छपिएको सामाग्री अनलाइनमा गएको कुरा भए ।तर एउटा फरकधार बाट देश छोडेर विभिन्न कारणले विदेशीन बाध्य भएका नेपालीले सन् २००१ मा आफ्नो देशको भाषा, साहित्य र समाचार थाहा पाउँने सेतुले नेपालीभाषाको अनलाइन पत्रकारिता नेपाली पोष्ट डटकम अमेरिकाबाट सुरु गरेको थे । विश्वका विकसित मुलुकको तुलनामा नेपाल र हामी नेपाली धेरै पछाडि भएपनि आजभोली नेपाली समाजमा सूचना प्रबिधिको बिकास संगै एउटा अभिन्न अंगको रुपमा हामी स्थापित हुदैछौ  ।फलस्वरूप सन २००१देखि यता यसरि नै बिदेशबाट धेरै अनलाइन पत्रकारिता सुरु भएर अहिले विश्वका जुनसुकै देशमा बसेका नेपालीले पनि सञ्चालन गरि देश , बिदेश  र नेपाली समाजमा भएका र हुने गरेका घटना परिघटनालाई प्रस्तुत गर्ने गरेका छ्न ।यहि प्रस्तुती लाई बैधानिकता दिन एवं 
२१ औं शताब्दीको समयमा मिडिया बिना समाजको परिकल्पना नै गर्न सकिन्न भन्ने सत्य तथ्य बुझेर नेपालको अन्तरिम संविधान, २०६३को धारा १५को उपधारा (२) ले अनलाईन पत्रकारिता लाई पनि पत्रकारिताकै एक विधाको रुपमा वैधानिकता दिँदै स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यधपी अन्तरिम संविधान जारी हुनु पूर्व नेपालमा अनलाईन पत्रकारितालाई कानूनी रुपमा कतै पनि व्याख्या गरिएको थिएन । तर सयौंको संख्यामा देश बिदेश बाट नेपाल र नेपाली समुदायलाई सूचना प्रवाह गर्ने उदेश्यका साथ अनलाइन पत्रकारिता सुरु भै सकेका थिए र आज पनि हुदैछ्न  ।

यस्तै विगत केही वर्ष देखि पत्रकारिता क्षेत्रमा दक्षता प्राप्त ब्यक्तिहरु पनि बैदेशिक रोजगारमा आउने क्रम देखिन थाल्यो । यहि क्रममा कुबेतमा आउनु भएका आदरणीय मित्रहरूले कम्पनीको कामको बावजुद बचेको समयलाई सदुपयोग गर्नको लागि र सूचना दिने अभिप्रायका साथ संचालन गर्नु भएको परदेशी खबर डटकम आज हजारौं  नेपालीहरुको सूचनाको विश्वसनीय माध्यम को रुप्मा देखा परेको छ ।  बिगत २ बर्षदेखी पत्रकार महासंघमा आबद्ध भइ नियमित रुपमा भौगोलिक सीमामा मात्र सिमित नरहि कुबेत बाट संचालित परदेशी खबर डटकमले सुचनाको हक़लाइ देश तथा बिदेशमा छरीएर रहेका सम्पूर्ण नेपालीहरु माँझ समाचार सम्प्रेसन गर्दै अनलाइन पत्रकारिता क्षेत्रमा बेग्लै इतिहास बनाएको छ र आफूलाई पृथक पत्रकारितामा ढाल्न सफल भएको छ । एउटा अनलाइन पत्रीकाको लागि २ बर्षको जीवन लामो नभए पनि यसै अवधिमा परदेशी खबरले निश्ष्क्ष तथा सन्तुलित समाचार, अन्तरबार्ता, भिडियो एव  मनोरन्जन र कुबेत स्थित क्रियाशिल संघ सस्थाहरुको बिबिध गतिबीधीहरुको द्रुत सूचना प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै , समाचार सम्प्रेषण गर्दै हजारौं नेपाली पाठकको मन जित्दै परिपक्व भइसकेको छ । यस उचाईलाइ अझ निरन्तरता दिन एव आफ्नो लोकप्रियता र यसको महत्वको अर्थ राख्न एउटा नियमित पाठकको नाताले केही सुझाव दिन चहान्छु ।आउँदा दिनमा मोफसलका बे्रकिङ न्युज प्रसारण गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा गरेर सर्वसाधारण मानिसलाई भ्रममा पार्ने र सम्पूर्ण मिडिया क्षेत्र नै बदनाम हुने कार्य गरिरहेका अन्य अनलाइन पत्रकारिता भन्दा नितान्त फरक परदेशी खबर डटकम रहि रहोस । मिडियाले दुई देशको कुटनितिक सम्बन्धमा आंच पुर्याउन सक्ने हुंदा ध्यान दिन र त्यही किसिमको बातावरण त्यार गर्ने सामाग्री पेश गरोस ।परदेशमा रहेका र आउने नेपालीको वैदेशिक रोजगारीको समसया, पाएका पीडालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने, सुझाव दिने र निरुपण गर्न खवरदारी गर्ने प्रयास र माध्यम निरन्तर बनि रहोस ।विविध कारणले प्रदेशिएका नेपाली लाई परदेशमा रहेर पनि आफ्नो देश , कला सस्कृतीको जगेर्ना एव परिवार,समाज र रास्ट्र प्रती कर्तव्यबोध र उतरदायित्व बोध गराउन र ट्र्याकमा ल्याउन भुमिका खेलनका लागि पहरेदारका रुपमा आफूलाई उभ्याई रहोस ।विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै परदेशी नेपालीको ध्यानकर्षण समेत गराउँन सधै सफल रहोस  । समग्रमा परदेशी खबर डटकमले तथ्यपरक समाचार, बिचार र गुणात्मक खुराकहरु अभिबृद्धि गर्दै सशक्त वाच डगको भूमिका  निर्वाह गर्न सकोस । 

अन्त्यमा परदेशी खबर डटकममा मेरा केही लेख रचना प्रकाशन गरिदिएकोमा परदेशी खबर परिवार प्रति आभार प्रकट गर्न चाहन्छु । त्यस्तै गरि आफ्नो स्थापनाकालको दुइ बर्ष अत्यन्तै मेहनतका साथ तटस्थ र स्वतन्त्र रुपमा सूचना प्रवाह गरि तेस्रो बर्ष प्रबेश गरेको उपलक्ष्यमा परदेशी खबर डटकम परिवार लाई धेरै धेरै शुभकामना सहित आउदो सेप्टेम्बर २५ तारिख शुक्रबार २०१५ मा मनाउन गइरहेको बार्षिक उत्सव सफलताको अग्रिम सुभकामाना व्यक्त गर्दछु ।
परदेशी खबर डटकममा प्रकाशित
http://www.pardeshikhabar.com/2015/09/blog-post_80.html?m=1

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.