सुभ संविधान !!! - गोपाल सिवा

संविधानसभामा उपस्थित ५३२ सदस्यमध्ये संविधान को पक्षमा ५०७ सभासदले मत दिदै दुई तिहाई बहुमतले संघीय गणतान्त्रिक नेपालको संविधान–२०७२ पारित गरेको छ ।यसरी बहुमतले पारित भएर आफ्ना जनप्रतिनिधिबाट आफैले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्नु एउटा ऐतिहासिक क्षण हो । त्यसैले यसलाई कसैको जीत र कसैको हारका रुपमा ग्रहण नगरौं । सम्पूर्ण नेपाली जनताको स्वाभिमानको जीतका रुपमा लिऔं ।नेपाली जनताकोे झण्डै ६५/७० वर्षको सपना साकार भएका दिनको रूपमा लिउ । यो नेपाली जनताको विजय हो ।
अन्त्यमा, संविधान कुनै जड कुरा होइन, यसलाई  परिमार्जन गर्न सक्नुपर्छ । त्यसैले संविधानसभा बाहिर रहेका आन्दोलनरत पक्षका मागहरु तत्कालै वार्ता र संवादबाट र राज्यको पहुच बाट युगौ देखि दबिएका दलित, उत्पीडितहरु, भुमिहिन ,गरिवको अधिकारको ग्यारेन्टीहरु आउदा दिनमा संशोधनका माध्यमबाट हल गर्न यिनै जनप्रतिनिधिहरु र नेतृत्व गर्ने नेताहरु दृढ संकलपित रहुन ।संविधानले मुलुकमा शान्ति होस् मुलुकलाई अधि बढाउने कोशे ढुङ्गा साबित होस । 
सुभ संविधान !!!

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.