संविधान र फेसबुके अपिल- गोपाल सिवा


भनिन्छ संविधान भनेको सबैका लागि साझा, अधिकारलाई पूर्ण रुपमा ग्यारेन्टी गरेको र कर्तव्यको मार्ग देखाएको हुनुपर्छ। संविधानको पारम्भिक मस्यौदा अनुसार अहिले बन्ने नयाँ संविधानको माध्यमबाट नेपाली समाजमा रहेको सामाजिक, आर्थिक, राजनीतिक, लैङ्गिक तथा विभिन्न क्षेत्रको असमानतालाई चिर्ने काम सबल रूपमा हुदैन भनेर नै हक अधिकारका लागि,समानताका लागि विभिन्न उत्पीडित ,राज्यको पहुच बाट पर रहेका दलित, मधेसी ,जनजाति समुदायहरुले सशष्त्र द्वन्द्व देखि जनआन्दोलन सम्म र पछिल्लो पटक–पटक आन्दोलन गरे । 
बिगतमा राज्यको भेदभावपूर्ण नीति नियम देखि, भोगी आजित भएका र त्यही विभेदको विरुद्ध अधिकारको लागि मैदानमा होमिनेहरु आफ्ना समुदायका सवालहरु संविधानमा लेखिने मा ,सम्बोधन हुनेमा अझै पुर्ण विश्वस्त हुन सकेका छैनन् ।यधपी जनता बाट चुनिएका मुलुकका ९२% सभासदको समर्थन सहित आज बसेको संविधान सभा बैठकले नयाँ संविधानका ३ वटा धारा पारित गरेको छ। नयाँ संविधानको परिमार्जित विधेयकका धारा १, २ र ३ पारित भएको छ भने भोलि देखि अन्य धारा पारित भै संविधान जारी हुनेछ । त्यशो त संसारमा ४२ वटा देशमा संविधान सभाबाट संविधान जारी भएको छ,तर कुनै पनि देशमा ९०% भन्दा बढी बिधायकको सहभागिता छैन तर नेपालमा ९२% को समर्थन भयो।
त्यसैले अझै समय छ । ९२% सभासदको समर्थनको दम्भ सहित भन्दा पनि लाखौं सुझाव मार्फत सबैले आफ्नो समुदायको अधिकार स्थापित गर्न गरेको आग्रहलाइ संक्षिप्त, प्रभावकारी र स्पष्ट शब्दहरुको प्रयोग गरेर संविधान जारी होस ।जसले गर्दा संविधान सभाको पहिलो धारामा संविधान देशको मुल कानुन हुने र यसको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने उल्लेख भए झै सरवैलाई कर्तव्य आत्मबोध होस ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.