बल्लबल्ल जुरेको साईत सुभ होस !!!-गोपाल सिवा

करिब ८ वर्षको रस्साकस्सी पछि भोलि असोज ३ गते अपरान्ह राष्ट्रपति बाट घोषणा गरे पछि नेपाल र नेपाली जनताले नयाँ संविधान पाउँदैछौ । संविधान घोषणा हुनु भनेको २०६४ को अन्तरिम संविधानलाई नेपालको संविधान २०७२ ले विस्थापन गर्नु मात्र होइन । १ सय २६ जाति र ५४ हजार माइलको नेपालमा वास्तवमा उत्पीडितहरुको भविष्यको संघर्ष मैदानको भूगोल र सीमांकन किटान गर्ने दस्तावेज हो संविधान । त्यसैले यो संविधानमा देश देखिएको हुन्छ  । देशको नीति, पद्धति लेखिएको हुन्छ , विधिको शासन र समानताको सन्देश बोकेको हुन्छ र आमजनताको जीवनलाई सहज र सरल बनाउने राज्य छ भन्ने काइदा र फाइदा उल्लेख भएको हुन्छ ।
यहि काइदा र फाइदा उल्लेख होस भनेर नेपाली जनताले आफ्नो संविधान आफै बनाउने भनेर नयाँ संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन भएको हो । तर बिड्म्बना नेपालको इतिहासमा पहिलो पटक  गठन भएको संविधानसभा संविधान नै जारी गर्न नसकी विघटनको सिकार हुनपुग्यो । संविधानसभाको  दुखद् अवसान पछि  संविधानसभाको अर्काे निर्वाचन मार्फत जनताको अभिमत मार्फत सभासदहरु चुनिएर संविधान निर्माण गर्ने प्रक्रियामा समावेश भए देखि अहिलेसम्म ५ अरब ७२ करोड खर्च भइ सक्यो । तर  संविधान निर्माणको बिट मार्ने बेलामा केही जन-प्रतिनिधिहरु आफ्नो जिम्मेवारीवाट पलायन भए ।संविधानसभाको प्रक्रिया बाट बाहिर निस्केर रोकौ भन्न थाले ।बर्शौ भत्ता खादै बस्ने र जनप्रतिनिधि हुन खुटा कमाउनेहरु कतिपय शक्तिहरु अहिले पनि तीनै प्रबृतिहरु को पुनरावृत्ति गरेर संविधानसभा विफल होस् भनेर कोसिस गरिरहे । कतिपय नागरिक र छिमेकी रास्ट्रले नेपाललाई अराजकता र अस्थिरताको दलदलमा जाकेर वर्तमान राजनीतिक नेतृत्वलाई असफल पारेर राष्ट्र विखण्डन सम्म गर्ने सपना देखिरहे । जुन कुरा अहिले सवैको सामु घाम जस्तै छर्लङ्ग भै सकेको छ । 

संविधान, संविधान भनेर दशक बिताउन लागेका हामिले संविधानमा आफुले खोजेको चाहेको अन्तरवस्तु पुर्ण रूपमा नपाउदा असहमति र असन्तुष्टि राख्दै आएका छौ र जायज पनि छ ।यी जायजका माझ जे जस्तो अवस्था बाट जे जति अधिकार सम्बोधन भएर,उल्लेख भएर आयो त्यो स्वागत योग्य नै छ । किन्की संविधान भनेकै ढुङ्गाको अक्षर हुदै होइन ।  यो त समय र आवश्यकता , समग्र देशको भलाइ , सवैको अधिकार स्थापित गर्न समय सापेक्ष र जनताको चाहना अनुसार परिवर्तन हुँदै जाने मुल कानुन हो । त्यसैले अब हामी पुर्वाग्रहि नबनौ ।मुलुकलाई पछाडि फर्काउने या राष्ट्रको अस्तित्वलाई चुनौति दिने ती सवै खालका हर्कतलाई विफल पार्न संविधान निर्माण जरुरी छ ।अत हामी नेपाली जनताले अपेक्षा गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको बहुप्रतिक्षित संविधानको घोषणा हुनै पर्छ । बल्लबल्ल संविधान जारी गर्ने साइत जुर्न लागेको छ, यो साइत शुभ होस् ।  धन्यवाद !!!

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.