दलित समुदायको लागि अब राज्यले तीन 'स' मा जोड दिनु पर्छ- गोपाल सिवा

शब्दका खेलाडि बनेका राज्य हाक्ने पार्टीका नेताहरु तथा  दलित समुदायका टाढावाठाहरुले दलितलाई बलिदानको पात्र बनाए र युद्धमा घचेटे , सपना देखाउदै भोट बैक बनाए, दलितको सम्श्यालाई डलर सग बिनिमय गर्ने साधन बनाए एव चेतना र सामाजिक परिस्थिति सापेक्ष नभइ जवरजस्ती सामाजिक बन्धन चुडाल भने , तर यसरि दलितको मुक्ती एव दलित समुदायको समश्या निराकरण सम्भब हुदैन रहेछ भन्ने तथ्य पछिल्लो ७० बर्षको इतिहासलाई हेर्दा पुग्छ ।

अत दलित सम्स्या राज्यको समस्या हो भन्ने यदि आत्मबोध भएको छ र नया संविधानको कार्यान्वयन संगै दलित सम्श्या निराकरण गर्नु पर्छ लागेको छ भने दलित समुदायको लागि अब राज्यले तीन 'स' मा जोड दिनु पर्छ । तीन 'स' भनेको शिक्षा , सम्पत्ति र सतासमाबेशी हो । दलितलाई शिक्षित बनाउने , सम्पन्न बनाउने र सतामा सहभागी बढाउने हो भने दलित समस्या नेपालमा अतीतको कथा हुन सक्छ ।  त्यसैले अब यसका लागि राज्य, राजनितिक दल,नेता कार्यकर्ता, सरोकारवाला संघ सस्था र समाजका सवै अंग सक्रिय, इमानदार र समर्पित भएरै आजै बाट लागौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.