यो नाकाबन्दी एउटा टर्निङ पोइन्ट हुन सक्छ - गोपाल सिवा

हामीले भारतसँग कुनै पनी बस्तुहरु चामल, चिनी , दाल , गाडी, इन्धन , कपडा इत्यादी चलन चल्तिको मुल्य तिरी ल्याउने हुनाले नेपाललाइ जतिकै नकाबन्दि ले स्वयम भारतलाई पनि घाटा छ। तर किन भारत नाकावन्दी गर्न लागि परेको छ ? ज्वाफ सहजै आम नेपालीले बुझी सकेका छ्न कि भारतको बिस्तारवादी राष्ट्रिय स्वार्थका अघि यो घाटा केही पनि हैन त्यही भएर नाकाबन्दी गर्न भारत उद्दत छ । 

त्यशो भए नेपालको राष्ट्रिय स्वार्थ किन नबनाउने ? त्यही राष्ट्रिय स्वार्थ लाई मध्य नजर गर्दै  अहिलेको नाकाबन्दीलाई सदुपयोग किन नगर्ने ? २/३ बर्ष हामीलाई गाह्रो हुनेछ। तर दिर्घकालिन रुपमा हामी लाई फाईदा नै हुनेछ। त्यसका लागि तपशिल दुई कुराको थालनी आजै गर्नु पर्छ भन्ने मेरो चै निचोड छ । 

१) राष्ट्रियताको कुरा सगै बैकल्पिक उपाय खोज्न सक्ने सरकार र सरकारको नीति नियम र आपूर्तिमा ब्यबहारिक कार्यान्वयन चाहिन्छ । अब नेपाली जनता लाई बाडुली लाग्ने सरकारि ब्यब्स्था हैन कि उचित ब्यब्स्थापन गर्ने सरकार चाहिएको छ । 
२) नेपालीले अब आफुलाई चाहिने बस्तुको उत्पादन गर्नु पर्ने बेला आएको छ।भारत निर्भर यातायात साधन किन्ने र इन्धन किन्ने रकम यहाँको जलबिधुतमा लगानी गरी १० बर्ष भित्रमा जापानको जस्तो (बिधुत रेल) चल्ने, तराइमा ब्याट्री बाट चलने दुई पाङ्ग्रे सवारी साधन एव पहाड र हिमालमा प्लेन र केबुल कार चल्ने बनाउन सकिन्छ । अर्काले फलाएको अन्न , बनाइएको समान , उत्पादन गरेको चिजहरु सदुपयोग गर्ने, ब्यापार  गर्ने , कारोबार गर्ने र ठुला ठुला गफ गर्ने  तर आफैले केहि उत्पादन नगर्ने हामी नेपालीलाई यो नाकाबन्दी एउटा टर्निङ पोइन्ट हुन सक्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.