कहिले सम्म विभेद भोग्नेहरु पिडित हुँदै मिलापत्र गरि रहने ? -गोपाल सिवा

देशमा दलित हकअधिकार समबन्धी काम गर्ने धेरै सस्थाहरु कृयाशिल हुदा पनि यहि कार्तिक १७ गते इटहरीमा घरबेटि बाट शान्ति गजमेर र करण सेन्चुरी माथी भएको जातिय विभेद र अपमानको घट्नाको बारेमा कोहि खुलेर एक्यवद्धता जनाउदै बोल्न अघि आएको देखिएन । दलित अधिकारकर्मी  मित्रहरू ले कतै यो घट्नाको बारेमा जान्कारी न पाउनु भएको हो  ? या सुनेर बुझेर पनि सतही रुपमा लिनु भएको हो ? 
~~~
जानकारी नपाउनु भएको हो भने पिडितले ईलाका प्रहरी इटहरी समक्ष दिएको घटनाको बारेमा मलाई उप्लब्ध भएको पुर्ण विवरण सहितको उजुरी जस्ताको त्यस्तै अटेज छ । मुदा दर्ता भै सकेको यो घट्नाको बारेमा पढेर / बुझेर राज्यले जातिय विभेद तथा छुवाछुत गर्ने लाई दिने सजायका नीति नियम , कानुनि पक्षहरु समयमै केलाउने , पिडित संग सम्पर्क गरि बुझ्ने र जहाँ जहाँ प्रहार गर्नु पर्ने हो त्यसै किसिमले आफ्नै समुदायको साझा समस्या एव मुदा मानेर आजै सम्बोधन गरौं । 
~~~
अनयथा आज सम्म दलित समुदायमाथी हुने हरेक ज्यादतीमा पिडितलाई हरेक तवरले दबाब दिएर मिलापत्र गरिदिने एव जाने बुझेका दलित अधिकारकर्मिहरु ले आफू र आफ्नो समुदाय प्रती हुने जघनय अपराधलाई सतही रूपमा लिने र बुझिदिने गर्दा समता मुलक समाज निर्माणका लागि ७  दशक देखि आन्दोलन गर्दा पनि अपेक्षित परिणाम आउन सकेको छैन । जस्ले गर्दा विभेद गर्नेहरु गरि रहने र विभेद भोग्नेहरु पिडित हुँदै मिलापत्र गरिरहनु पर्ने सस्कार जमेर बसेको छ अर्थात छुवाछूत लाई नित्यकर्मको रूपमा लिने नेपाली समाजको मानसिकता परिवर्तन गराउन  र जातिय भेदभाव एव छुवाछुत उनमुलनका लागि राज्यले जारी गरेको नीति नियम व्यवहारिक रूपमा  कार्यान्वयन गराउनका लागि आधारसिला निर्माण गर्नका लागि समुदायका सवै साझा मुदा, साझा सोच र साझा एक्यवद्धता सहित जागौ,लागौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.