लौ न अब त केही गरौ - गोपाल सिवा

मधेस आन्दोलन र मधेसी नेताहरूको आग्रहमा भारतद्वारा नेपालविरुद्ध गरिएको अघोषित नाकाबन्दीले दिनहुुँ एक नया मोड लिदैछ । एकातिर नेपाली जनताले दैनिक आवस्यकता सामानहरुको अभावमा दुःख र अशान्ति झेल्नु परिरहेको छ भने अर्कोतिर वैशाख १२ र तत्पश्चात् आएको भूकम्पले कमजोर तुल्याएको आर्थिक अवस्थालाई झन् तहसनहस पारेको छ । समग्रमा नया संविधानलाई भारतीय स्वार्थसिद्धिको दस्ताबेजको रूपमा परिणत गर्न खोज्ने भारत र सहयोगी भुमिका निर्वाह गर्ने मधेसी नेताहरूको कार्यले उनीहरूको भित्री ध्येय जनसमक्ष उजागर गरिदिएको छ। 
आदरणीय नयाँ नेपाल बनाउने नेता , दल ,नागरिक समाज र अभियन्ताहरु यो बेला गुपचुप र साउती मारेर नबसौ । आन्दोलनकारी मधेसी मित्रहरू हाम्रा आन्तरिक कुरा सुल्झाउन सर्पलाई दुध पिलाउने र सिंहलाई साँढे जस्तै पाल्ने गल्ती नगरौं । सविधानको जारी संगै अहिले सम्म भइरहेको अघोषित नाकाबन्दीले पहाड र तराईका जनतावीच एकाएक दूरी बढेको छ । जनजाति र खसआर्यवीच दूरी बढेको छ । दलित, मधेसी, थारु र जनजाति समूदायले संविधान बनिसक्दा पनि आफूलाई राष्ट्रिय मूल धारमा समाहित भएको महसुस गर्न सकिरहेका छैनन् । विभाजनको रेखा दिन प्रति दीन बढिरहेको छ , यो विभाजनको रेखा बढ्दै गयो भने नेपाली समाज पनि विभाजन र हिंसाको त्राशदीपूर्ण बाटोतर्फ लम्कने खतरा बढ्दै गइरहेको छ । यो परिस्थिति लाइ सामान्य बनाउनको लागि फेरी राष्ट्रिय एकताको सूत्रमा बाँध्नका लागि प्रयत्न गर्ने काम आम बुद्दिजिबि , लेखक , कलाकार ,साहित्यकार , नागरिक समाज ,साथै आम नागरिकको पनि हो किन्की  देशलाइ जरुरत पर्दा हरेक नागरिक आफैमा एक सिपाही हो । त्यसैले बेला बितेपछि चिच्याएर केही हुँदैन । लौ न अब त केही गरौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.