हामि त निशुल्क सूचना शिविर हौ,उपेक्षा नगरिदिए पनि सम्मान ठान्ने छौ - गोपाल सिवा

२१ औं शताब्दीको समयमा मिडिया बिना समाजको परिकल्पना नै गर्न नसकिने भएर होला विश्वका विकसित मुलुकको तुलनामा नेपाल र हामी नेपाली धेरै पछाडि भएपनि आजभोली नेपाली समाजमा सूचना प्रबिधिको बिकास संगै एउटा अभिन्न अंगको रुपमा हामी स्थापित हुदैछौ । त्यसैले देश होस् कि प्रदेश कुनै पनि समाजमा हामि नेपालीले पनि पत्रकारिता गरेर समाजको ऐना निर्माण गर्दैछौ । पत्रकारिताको विधा अत्यन्तै व्यापक भइरहेको आजको सन्दर्भमा सञ्चारको प्रभावकारिता र सम्बादको प्राचुर्यले एकातिर सामाजिक र राजनीतिक निर्णय प्रक्रियामा दूरगामी प्रभाव पार्ने गरेको छ भने अर्कोतिर पत्रकारिताले आज प्रत्येक व्यक्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्कृतिमा रुमल्लिन पुग्नुको साथै पाठक, दर्शक र स्रोतालाई एक विश्वव्यापी गाउको बासिन्दा बनाइदिएको छ । त्यहि भएर पत्रकारिताको विकाशसँगै नेपाली पत्रकारहरुले यतिखेर देशमा मात्र नभएर बिदेशमा पनि आफ्नो पेशालाई निरन्तरता दिइरहेका छौ ।आज मैले लेखन चाहेको यो सन्दर्भ कुबेतमा नेपालीहरु बाट गरिएको पत्रकारिता संग जोडिएको छ ।
एकातिर मुलुकमा जारि लामो जनयुद ,राजनीतिक अवस्था, बेरोजगारी र त्यसको प्रभावले प्रभावित भए पछी रेमिटान्सबाट अर्थतन्त्र धानिएको भयावह अवस्था भएको हाम्रो मुलुकमा रहदा रहर र आवेग संग संगै पत्रकारिता क्षेत्रमा लागेर आफ्नो दैनिक रोजीरोटी चलाउन नसक्दा हामि धेरै पत्रकारहरु विदेशिन वाध्य भयौ । भने अर्को तिर बिदेशमा आफ्नो ८/ १० घण्टाको जागिर गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर यहा भएका नेपाली समाजमा सूचना फैलाउने काम पनि गरि रहेका छौ । त्यहि भएर लगभग एक लाख जति नेपालीहरु काम गरिरहेको कुबेतमा आजका दिन सम्म एक छापा मिडिया सहित ४ ओटा अनलाइन पत्रिकाहरु नियमित प्रकाशनमा छन् । नेपालीहरुको सूचनाको विश्वसनीय माध्यम को रुप्मा देखा परेका छन ।
हामीले माने पनि नमाने पनि पत्रकारिताले सिङो समाज, ब्यक्ति, देश, बिदेश कै चिरफार गर्ने मात्र हैन ओझेलमा परेका कुराहरुलाई सतहमा ल्याउने काम पत्रकारिताले गर्छ । समग्रमा सामाजिक दायित्व बोकेको पत्रकारिताले मात्र समाज र देश रुपान्तरणमा भूमिका खेलेको हुन्छ, नागरिक लाइ सचेत र कर्तब्यबोध गराईरहेको हुन्छ । ८/ १० घण्टा डिउटी गरेर कुबेतमा हुने नेपाली कार्यक्रमहरुमा समाचार संकलनको लागि पुग्ने पत्रकारहरु लाई कति ठाउमा आदर सम्मान त् यदाकदा असम्मानपूर्ण दुर्व्यवहार समेत भएका घटनाहरु पनि छन । समाजसेवाको रुपमा अंगालेर काममा ८ / १० घण्टा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको रुपमा मिडियामा बिना पारिश्रामिक काम गरिरहेका नेपाली पत्रकारहरुले दयनिय अवस्थाका बाबजुत पनि आफ्नो कार्यक्षेत्रमा कार्यरत छन् । कुबेतको नेपाली समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गरि सूचना दिने पत्रकार र मिडियाले पुरस्कार स्वरुप आफ्नै समाजका अगुवाहरुबाट सम्मान मात्र हैन तारो बनेको दुर्भाग्यपूर्ण अनुभव र विदेशबाटै उठिवास लगाउने सम्मका तल्लो स्तरका भनाइहरु पनि बेला बखत सुनिन्छन । यथार्तमा मिडिया बाट आफ्नो धर्म निभाउदा बेला बखतमा जानी नजानी मानहानी र गलत सुचना प्रवाह पनि भैरहेको हुन्छ। जसले समाजमा कोही चिढिने बातावरण हुन्छ तर चिढाए भन्दैमा पत्रकार र मिडिया निशानामा पार्ने काम नगरौ । मिडिया बाट हुने मानहानी र गलत सुचना प्रवाहको लागि कारवाहीको दायारामा ल्याउने मिडियालाई बढी उत्तरदायी र कर्तब्य पालाना गराउने पत्रकार महासघ,सुचना बिभाग छन । समयमै सुचित गरेर अपवाह फैलाउने मिडियालाई कारवाहीको दायारामा ल्याउ , लोकतान्त्रिक अभ्यास गरौ । यधपी कुबेत स्थित क्रियाशिल संघ सस्थाहरुको बिबिध गतिबीधीहरुको द्रुत सूचना प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै , सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएका पत्रकार र पत्रकारितालाई सम्मान गर्न ,दिन रात सुचना दिने सुचित गराउने पत्रकारको अहम भूमिकाहरुलाई बुझ्न चिन्न सकिएन भने पनि गुनासो छैन तर उपेक्षा नगरौ । यति भए पनि इमान्दार पत्रकार र समाजसेवा गर्ने पत्रकारले आफ्नो सम्मान आफैबाट भएको महशुस गर्ने छन् ।

त्यस्तै गरि नेपाली समाजमा सूचना फैलाउने काम गरि रहेका छौ भन्दैमा अहमता पालेर मिडियाकर्मी , पत्रकारहरु पनि बस्नु कहिले हुदैन । हामीले गरिरहेको पत्रकारिताले समाजमा के कस्तो भूमिका खेलि रहेको छ, त्यो हामी आफै समीक्षा गर्नुपर्छ, हामीले गरि रहेको पत्रकारितामा केही त्रुटि भइरहेको छ भने यसमा हामी आफै सजग हुनुपर्छ । बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरि हुन्छ अत विदेशमा एक अर्काको परिपुरक रहेका नेपाली समाज र नेपाल सरकारका निकायहरु बीच सुचना आदान प्रदान गर्ने माध्यम र बढ्ने तिताक्ता एव सामाजीक दायित्व ह्रास भइरहेको अवस्थामा संचारमाध्यमहरुले सामाजीक उत्तरदायीत्वलाई प्राथमिकता दिएर समाज सुधार गर्न लाग्नु पर्छ । नेपाली समाज र राजदुतावास बिचका सम्बन्धहरु सहज बनाउने , रास्ट्रिय दायित्व र स्वाभिमान बोध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पक्ष भनेको नै नेपाली मिडिया हो । त्यसैले सवै पक्षलाइ अभिप्रेरित गर्ने र खबरदारी गर्ने दायित्व पत्रकारिताले निर्वाह गर्न आवश्यक छ । अत सामाजीक उत्तरदायित्व नबिर्सिकन पत्रकारिता समाजप्रति उत्तरदायि हुनु पर्छ ।मिडियाले दुई देशको कुटनितिक सम्बन्धमा आंच पुर्याउन सक्ने हुंदा ध्यान दिन र त्यही किसिमको बातावरण त्यार गर्ने सामाग्री पेश गर्नु पर्छ । परदेशमा रहेका र आउने नेपालीको वैदेशिक रोजगारीको समसया, पाएका पीडालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने, सुझाव दिने र निरुपण गर्न खवरदारी गर्ने प्रयास र माध्यम निरन्तर बनि रहनु पर्छ । विविध कारणले प्रदेशिएका नेपाली लाई परदेशमा रहेर पनि आफ्नो देश , कला सस्कृतीको जगेर्ना एव परिवार,समाज र रास्ट्र प्रती कर्तव्यबोध र उतरदायित्व बोध गराउन र ट्र्याकमा ल्याउन भुमिका खेलनका लागि पहरेदारका रुपमा आफूलाई उभ्याई रहनु पर्छ ।विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै परदेशी नेपालीको ध्यानकर्षण समेत गराउनू पर्छ । समग्रमा कुबेत बाट संचालित मिडियाले तथ्यपरक समाचार, बिचार र गुणात्मक खुराकहरु अभिबृद्धि गर्दै नेपाली समुदाय लाइ मुलुकको सर्वांगीण विकास र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि आर्थिक विकासका समग्र पक्षहरूमा सूचना तथा सञ्चारको अधिकतम उपयोगको सम्भावना बढाउदै लैजान सशक्त वाच डगको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।
त्यस्तै गरि कुबेतमा भएका मिडियाले भूमिका निर्वाह गरेनन भने यहाका सामाजिक सस्था र नेपाली समाजले कर्तव्यबोध गराउन आफ्नो भूमिका खेल्नु पर्छ। बिदेशमा नेपालीका गतिबिधि बढे पनि संचार माध्यममा तीनको पहुच नपुगेको भन्दै नेपालका केहि मिडियाहरुले बेलाबेलामा खाडी मुलुकहरुमा नागरिक पत्रकार उत्पादन गर्न तालिम आयोजना समेत गर्दै आएका छन् । तर हामि भने बिदेशमा आफ्नो जागिर गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सुचना दिने सामाजिक सेवा गर्ने हामि संगै भएका मिडिया लाइ सौतेनी ब्यबहार गरि रहेका छौ, अस्तित्व स्वीकार गर्न लाज मानि रहेका छौ । बरु पत्रकारिता गहन विषय हो र यसको जिम्मेवारी पनि अत्यन्त गहन हुन्छ भने बुझेर पत्रकारितालाई कर्तव्यबोध गराउ । कुबेतको नेपाली समाजको हितको लागि सामाजिक व्यक्तित्व र मिडिया दुबैले आ-आफ्ना कमजोरीहरुलाई सुधार्दै लैजानु नै आजको आवस्यकता हो । 
http://hamrosanchar.com/2016/04/04/%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A4%BF-%E0%A4%A4-%E0%A4%A8%E0%A4%BF%E0%A4%B6%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%95-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE-%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%BF/

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.