जरिवाना मन्दिरमा होईंन अब ठाऊमा तिरौ -गोपाल सिवा


राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन भनी नेपालको संविधानको मौलिक हकमा भनिएको छ । तर मन्दिर ज़ादा दलित माथी सधैको बिभेद , सधैको ज़रीवाना आखारी कहीले सम्म? 

एकै धर्म र आस्था भएका बीच यस्तो हूंनछ भने आफु समानित हूने धर्म स्वीकार गर या धार्मिक आस्थाका धरोहरहरूमा अधिकार र कर्तव्यहरूको न्यायोचित बाँडफाँड र स्रोतमा सबै वर्ग तथा समुदायका मानिसहरूको पहुँच र क्षेत्रहरूको समान सहभागिताको लागी बिद्रोह गर्न सिक । यहाँ हिन्दू धर्मका ठेगदारहरूले म्यानमारमा सूकीले मुस्लिम समुदाय माथी भएकों ज़्यादती देखेर सुनेर नि मौनता साधे जस्तै साधेका छन । अत: लात ले मात्र मान्ने धर्मका पाखण्डी भूतहरू लाई जब सम्म ५००० हज़ार दिनुको साटो पाँच लात भए पनि लगाउने हिम्मत हुदैन , प्रतिकार गर्ने आत्मबल जागदैन तब सम्म यसरी नै दनक खाई रहनछौ , ज़रीवाना तिरी रहनछौ, बिभेद र अपमानित भै रहनछौ । 

त्यसै पनि यिनले बिभेद गरे भनेर उजुरी दिदा क़ानून ले ३००० भनदा बढ़ी जरिवाना अहिले सम्म गराएको छैन । त्यसैले प्रतिकार गरौ तिरन परे ६००० जरिवाना उनले तिरने ठाऊँमैं तिरौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.