​लडाईं झगडा होइन, एकताको प्रतिक बन्नुपर्छ - गोपाल शिवा

केहि बर्ष अघि अर्थात  एमबी बम्जन गोल्डकपको १५ औ खेलको आयोजना हुदा हेर्ने भनेर म पनि गएको थिए । हाम्रो संचार डटकम मार्फत पत्रकारिता शुरु गरे देखि नेपाली समाजमा घुलमिल हुने पहिलो अवसर थियो मेरो ...धेरै आदरणीय पात्रसँग परिचित्र हुने सौभाग्य पाएँ।आयोजकहरु फाइनल खेलको तयारीमा  मिलाउदै थिए । आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्दै हामी केहि साथीहरु मैदान संगै रहेको चमेना गृहमा सेल रोटी तरकारी चपाउदै थियौ । भित्र मैदानमा एक्कासी नेपाली-नेपाली बिचको विवादको बिउले उग्र रुप लिएछ । बिबादको चुरो के थियो कुन्नि तर सम्झाउने समाजका अगुवाहरु  , सस्थाका प्रतिनिधिहरु , पत्रकारहरु सवै माकुराको जालोमा साङ्ला जेलिए सरि बिबादमा जेलिए । पहिलो विवाद समाधान नहुँदै फेरि अर्को विवाद देखिन थाल्यो  । फाइनल खेलको कुरा भन्दा विवाद पहिलो प्राथमिकता भएपछि आयोजकलाई फाइनल खेल सुरु गर्न फलामको च्युरा चपाउनु सरह भयो ।  बिस्तारै खेलप्रेमी दर्शकहरु बाटो लाग्न थाले । बिबाद झगडा गरेर पाउनु केहि थिएन त्यहि भएर ईमान्दारी पुर्वक हामी मिडियाकर्मी पनि साईड लाग्यौ ।  

त्यस यता म कयौ कार्यक्रममा स्रोता भए , अथिति भए ,दर्शक भए ,मुक दर्शक भए तर कुबेतमा नेपाली समुदाय द्वारा आयोजना हुने रक्तदान कार्यक्रम , सास्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरुले नै कुबेतमा क्रियाशील नेपाली संघ सस्था र नेपाली समुदाय माझ सेतुको काम गरेको पाए । हुन् सक्ला आर्थिक लगायत बिबिध कारणले अरु धेरै सहभागिता र कार्यक्रमहरु  नियमित हुन सकेको छैनन होला ।  तर जे जति भएका छन् तिनले नेपाली कला सांस्कृतिकको संम्रक्षण , प्रबर्दन , पहिचान , संस्कृति र एकता झल्काएका छन्  । त्यसैले समाजलाई गति प्रदान गर्न खेलको माध्यमद्वारा आपसी भाईचाराको विकास गर्ने तथा खेलको माध्यमद्घारा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन् लागेको यस खेल आयोजनाको इतिहासलाइ फेरि पछाडि नफर्काउ । २१औं शताब्दीमा प्रवासमा रहेका हामी नेपालीहरु लडाई झगडा गरेर समय व्यतित गर्नु भनेको साधन, स्रोत र समयको दुरुपयोग गर्नु मात्र होइन, नेपाली समाजलाई पछाडी तिर धकेल्नु हो। झगडा गरेर एकताको लक्ष्य हासिल गर्न कहिले सकिदैन बरु समय मै हामी बिच रहेको अहमता र घमण्डको पर्खाल भत्काएर एकताको लागि पुल हालौ ।  

 मुलुकको घिनलाग्दो राजनीतिको कालो छायाले खेल जगत्लाई अस्तव्यस्त बनाएको छ । सरकार फेरिए पिच्छे खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग मुलुकको खेलकुद विकासमा तगारोका रूपमा रहेको बिर्सन सकिन्न ।यधपी देशमा राजनीतिले जति पीडा थपेपनि हामी नेपाली जनतालाई त खेलकुदले बेला बेलामा खुशी बनाएको छ ,मल्हम लगाएको छ भने यता बिदेशमा भए पनि खेलकुदले आन्तरिक एकता भरपुर रहेको प्रस्टै बुझाएको छ ।हामी भित्रको खेलकुदलाई जीवन्त राख्न कुबेतमा छरिएर रहेका प्रवासी नेपालहरु वीच यहि आउदो फेव्रुअरी १६ र २३ तारिख कुवेतको सबै भन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेतले एमबी बम्जन गोल्डकपको १६ औ खेलको आयोजना गर्ने भएको छ। यस आयोजनाले एकातिर नेपाली बीच लुकेर रहेको प्रतिभालाई खेलको मध्यमबाट अगाडी बढाउन मद्दत गर्दै आएको आयोजक कमिटि तथा ब्यबस्थापक आफैमा उदाहरणीय छ ।अर्को तिर लगातार कार्य ब्यस्तताको कारण भएको शारीरिक थकान अनि आफ्नो मातृभूमि एबं परिवारदेखि टाढा रहनु परेको मानसिक पिडालाइ क्षेणिक भएपनि भुलाउन र भरपूर्ण मनोरंजन दिन उक्त खेलले निकै मदत गर्ने निश्चित छ ।

 कुवेतको खेलकुद मन्त्रालयबाट स्वीकृत लिएर डेढ दशक देखी हरेक बर्ष आयोजना गर्दै आएको एमबी बम्जन गोल्डकपलाई यहाँसम्म ल्याइपुर्‍याउँनको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेत र नेपाली समाजका अभिभावक राजेन्द्र तामाङ बम्जनले दिनुभएको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ । अत आउनुस आयोजक कमिटीले परिकल्पना गरेको निकै छोटो अबधि र सिमित प्रचारमा कुबेतमा क्रियाशील सवै नेपाली संघ सस्था र नेपालीजनले आ-आफ्नो टिम सहित बिशाल सहभागिता जनाई , प्रवासमा कार्यरत हामी नेपालीहरु कसरि एकजुट हुनसक्छौ भन्ने देखि नेपालीहरुले पनि मैत्रिपुर्ण र अनुशासित ढंगले प्रतियोगिता सम्पन्न गर्न सक्छन भन्ने प्रष्ट पारौ ।त्यसैले आउनुस नेपाली समुदाय द्वारा आयोजना हुने हरेक सकारात्मक कार्यक्रम हाम्रो लागि ​लडाईं झगडा गर्ने बहाना होइन, एकताको प्रतिक बनाउने ब्यबहारिक प्रण गरौ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.