जूसको सेवन धेरै मात्रा गर्नुहुन्छ भने होसियार

काठमाडौं, तौल घटाउने धुनमा होस् वा स्वास्थ्य डाइटको चाहनामा नै किन नहोस । यदि तपाइँ जूसको सेवन धेरै मात्रा गर्नुहुन्छ भने होसियार हुनुस । यसो गर्नु मानसिक रोगको कारण पनि हुन सक्ने विशेषज्ञहरूले बताएका छन । न्यूट्रिशन एक्सपर्ट का अनुसार धेरै मात्रामा जूसको सेवन द्वारा तौल माथि नियन्त्रण राख्ने कोशिशमा कतिपय मानिसहरू यसलाइ डाइटको विकल्पको रूपमा प्रयोग गर्दै खाना खाननै छोड्ने गर्दछन । 

साइकोथेरेपिस्ट सारा शमाले जूसलाइ भोजनको विकल्पका रूपमा हेर्नाले र यसको सेवन पछि भोजन गर्न छाड्ने मनोस्थितिलाइ ‘जूसरेक्सिया’ रोग को नाम दिएकी छन । उनले डेलीमेल वेबसाइटको एक रिपोर्टमा बताए अनुसार धेरै जूसको सेवनबाट भोजन छोड्ने प्रवृत्ति हुन सक्दछ, जुन कुरा कतिपटक त यति प्रवल हुन्छ, कि यसले एक मानसिक रोगको रूप लिन सक्दछ । 

यस स्थितिमा व्यक्ति जूसलाइनै भोजनको विकल्प मान्दछ र भोजन गर्न छोड्न थाल्दछ ।” यसैले धेरै जूस सेवन गर्नेहरूले यस कुरालाइ ध्यान दिनुपर्ने उनले बताएकी छन ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.