हातीलाई क्रेनमा झुण्ड्याएर मृत्युदण्ड

यो तस्बिर सायद त्यो समयको होला भनेर पत्याउन गाह्रो पर्छ जब हात्तीलाई फाँसी दिइएको थियो । यो सुन्दा एकचोटि पक्कै सबै झसंग हुनसक्छन् । डेली मेलका अनुसार १९१६ मा चार्ली पाससित एउटा सर्कस थियो । मेरी नाम गरेकी एउटी हात्तीनी त्यो सर्कसको मुख्य सदस्य थिई ।    १९१६ मा यो सर्कस किंगपोर्टमा पुगेको थियो । सर्कसको प्रचारको लागि एउटा झाँकीको प्रयोग गरिएको थियो जसमा मेरीको शिरमा वाल्टर एल्ड्रिज बसेका थिए । उनलाई हात्ती नियन्त्रण गर्ने कुनै अनुभव नै थिएन । उनलाई यति मात्र थाहा थियो कि भाला हात्तीको गर्दनमा अड्याएर राख्ने । 
परेड गर्ने बेलामा मेरीले तरबुज देखि र उ रोकिन पुगि ।    अनुभवविहिन एल्ड्रिजले मेरीको गर्दनमा हान्न थाल्यो । यो हर्कतले मेरीलाई रिस उठ्यो । एल्ड्रिजलाई तल भुईमा फाली दिई र मारी दिई । त्यो घटनाले मानिसहरुमा आक्रोस पैदा ग¥यो र मेरीलाई मार्ने निर्णय ग¥यो । त्यही दिन हात्तीनी मेरीलाई फाँसीको सजाय सुनाइयो ।    एरबिन नामक सहरबाट १०० टन बोक्ने क्रेन मगाइयो । चार्लीले खुलेआम देखिने गरी मेरीलाई फाँसी दिने योजना बनाए । जसले गर्दा मानिसहरुले रमाइलो लिन सकुन् । मेरीलाई एउटा रेलमा बाँधियो अनि आधि धण्टा सम्म क्रेनमा झुण्डाएर राखियो ताकि नबाँचोस् । त्यही भएर त्यो ठाउँका मानिसहरुलाई मेरी मर्डरअर मेरीको नामबाट चिनिने गरिन्छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.