मेसिनले काटेर छिनाएको हात एक महिनासम्म जीवितै


चिकित्सा बिज्ञानमा पछिल्लो दिनमा चिनियाँहरुले निकै चमत्कारिक प्रयोगहरु गर्न थालेका छन् । हालै मात्र हुनान प्रान्तमा एक युवकको मेसिनले काटेर छिनाएको हातलाई उनीहरुले एक महिनासम्म जीवितै राखेर पुनः हातमै जोडिदिएका छन् ।

नाडीबाट छुटिएका हत्केला र औंलालाई जिवित राख्न पनि उनीहरुले अनौठो तरिका अपनाए । टुक्रा हातलाई खुट्टाको नलिहाडमा एक महिनासम्म जोडेर राखे, ताकि टुक्रिएको हात पनि जिवित रहोस् ।नोभेम्बर १० मा जीओ वाईको दाहिने हात कामका क्रममा मेसिनले काटेको थियो । उनले भनेका छन्-’साथीहरुले मेसिन बन्द गरेर मेरो हातको टुक्रा जम्मा नगरेसम्म म टक्क अडिएको थिएँ र के भयो थाहा पाइन ।’ त्यसपछि उनलाई हुनानको एक अस्पतालमा लगियो जहाँ डाक्टरहरुले हात जोड्न नसक्ने जवाफ दिए । तर उनीहरुले अर्को अस्पताल रिफर गरे ।

उनी निराश त थिए तर हार खाएका थिएनन् । उनले चिकित्सकहरुलाई भने-’म अहिले युवा नै छु , म हात विनाको जीवन कल्पना समेत गर्न सक्दिन, जसरी पनि हात जोड्ने उपाय निकाल्नुपर्‍यो ।’घटनाको झण्डै ७ घण्टापछि उनलाई चाङ्गशाको एक अस्पतालमा पुर्‍याइयो । जहाँ चिकित्सकले उनलाई हात फेरि जोड्न सक्ने आश जगाए । छुटि्टएको हातलाई डाक्टरहरुले गोडाको नलिखुट्टामा जोडे, ता कि जीवित राख्न सकियोस् । झण्डै एक महिनापछि उनको हात पुन जोडिएको छ । थप अपरेशनपछि उनको हात पहिलाको जस्तै हुने चिकित्सकहरुले जनाएका छन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.