पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस्

अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् ।
  • दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।
  • सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् ।
  • गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।
  • प्रशस्त मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।
  • काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ ।
  • शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् ।
  • तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।
  • खानामा बढि मसलाको प्रयोग गर्नुहोस् । अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.