टाउको बिना एउटा कुखुरा दुई वर्षसम्म जिउँदो

कुनै जनावर अथवा मानिस, टाउको बिना जिउँदो भएको देख्नुभएको छ ? सायद धेरैजसोले टाउको नै छैन भने त मरिहाल्छ नि भनेर सोचिरहनुभएको होला । तर, यो सोचाई गलत भएको छ । टाउको बिना एउटा कुखुरा दुई वर्षसम्म जिउँदो भयो र यसकै कारण विश्वप्रख्यात समेत बन्यो । माइक नाम दिइएको उक्त कुखुराले सन् १९४५ सेप्टेम्बर १० तारिकका दिन आफ्नो टाउको गुमाउनु परेको थियो । 
फ्रुटा कालोराडोका उनका मालिक लोइड ओल्सेनले त्यो दिन उनलाई पकाउने मनसायका साथ उनलाई काटे । माइकलाई काट्ने क्रममा लोइडले उनको सबै गलत
(अथवा सहि) भागमा हाने र उनलाई टाउको बिनाको जिवित कुखुरा बनाइदिए । कुखुरालाई यस्तो अवस्थामा देखेर उनका मालिकले उनलाई उपचार गराएर स्वस्थ बनाउने सोच गरे । माइकको घाउ छिट्टै निको भयो र पहिला केहि नभएको जस्तै गरेर त्यसमा प्वाँखहरु प्नि पलाउन थाले ।
तर, यति हुँदा हुँदै पनि माइकले आफ्ना केहि कामहरु गर्न सकेनन् किनभने टाउको बिना चराले खान, पिउन र हेर्न सक्दैन । माइकको भोक र तिर्खा मेटाएर ओल्सेनले उक्त कुखुरालाई युनिभर्सिटी अफ उताहमा वैज्ञानिकहरुलाई देखाउन लगे । वैज्ञानिकरुका अनुसार, जमेको रगतका कारण उनको धेरै रगत नबगेको र तत्काल मृत्यु नभएको बताए । चमत्कार नै मान्नुपर्छ, माइकको अझै बायाँ काम बाँकी थियो र मस्तिष्कको नलि उस्तै थियो । ओल्सेनले उक्त कुखुराको जिवन भरि हेरबिचार गर्ने कसम खाए । उनले कुखुरालाई दुध र पानी सुईबाट प्रदान गर्दथे ।
 माइकको स्वास्थमा निकै सकारात्मक प्रभाव परिरहेको थियो र तौल पनि बढिरहेको थियो । साढे पाँच वर्ष उमेर भएको उक्त कुखुरा छिट्टै नै प्रख्यात भयो र टाउको बिनै माइकले थुप्रै देशहरु घुम्यो र मानिसहरुले उनलाई हेर्न २५ सेन्ट तिर्ने गर्दथे । यसरी माइकले महिनामा ४,५०० डलर कमाउँथे भने उनको मूल्य १०,००० डलर थियो । उक्त कुखुरा प्रति समर्पित एक वेभसाइटका अनुसार, ‘उनको नामले लाइफ एन्ड टाइम म्यागजिनमा पनि स्थान पायो ।’ तर, दुइवर्ष पछि अवैध ड्रग्सको ओभरडोजका कारण माइकलाई एउटा होटलको रुममा मृत अवस्थामा भेटियो । माइक र ओल्सेलनको कथाले धेरै मानिसहरुलाई प्रेरित गर्यो जसका कारण थुप्रै मानिसहरुले आफ्ना कुखुराको टाउको छिनाए । कुनै कुखुरा बाँचे तर छोटो समयका लागि मात्र त्यसकारण माइकको कथा रोमाञ्चक छ । माइकको शरिरलाई उनकै बासस्थानको एक संस्थाले जोगाएर राखेको छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.