७२ बर्षकी बृदलाई खाना पचाउन बालुवा अनिबार्य चाहिन्छ

भारतको वाराणसीको चोलापुर गाउँकी कुशमावति जो अहिले ७२ बर्षकी छिन, पछिल्ला ४१ बर्षदेखी लगातार बलुवा खाएर सजिलै पचाउदै आएकी छिन । मेडिकल साइन्सलाई पनि चुनौती दिने यो घटना भर्खरै मात्र सार्वजनिक भएको कुरा भारतीय संचारमाध्यममा आएको छ ।यस्तो घटनाबाट डाक्टरहरु पनि छक्क परेका छन् । किनकि यत्रो मात्रामा बालुवा पचाउनु भनेको अचम्मकै कुरा हो । जानकारहरु भन्छन "यस माथि गम्भीर रुपले अनुसन्धान हुनु जरुरि छ ।"

उनका छोरा राजेश भन्छन आमालाई बलुवा खाने बानि हटाउन हामीले करिब २८ बर्ष अगाडी नै पनि कोशिश गरेका थियौं । आमा त्यतिबेला धेरै दिन बिरामी पर्नुभयो । तर बालुवा खाएपछी सबै ठिक भयो र आमा तन्दुरुस्त हुनुभयो ।" उनि अगाडी थप्छन "हामी आमाकै लागि बालुवा किनेर ल्याउँछौँ र त्यसलाई राम्ररी धोएर र सुकाएर आमालाई खान दिन्छौं । आमालाई केहि खाइसकेपछी बालुवा अनिबार्य चाहिन्छ नत्र आमा खाना पचाउन सक्नुहुन्न ।"

यस बिषयमा कुरा गर्दा कुशमावती भन्छिन, "धेरै पहिला मेरो पेट एकदमै दुखेको थियो, त्यतिबेला गाउकै कुनै मानिसले सल्लाह दिनुभएको थियो की बालुवा खायो भने पेटको दुखाई बन्द हुन्छ । त्यसबेलादेखि नै मैले बालुवा खान सुरु गरेको हुँ । बालुवा खान थालेको पनि अहिले त ४१ बर्ष भैसक्यो ।"

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.