४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने मानिस

ताङ्सान, चीनका ५१ वर्षीय जाङ्ह फुजिंग प्रत्येक दिन बिहान ४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने गर्दछन् ।बिगत सात वर्षदेखि, फुजिंगले आफ्नो दैनिक व्यायाम यो निकै गह्रुँगो जुत्ता लगाएर गर्ने गर्दछन् । फ्याक्ट्रिमा काम गर्ने उनले यो अचम्म लाग्दो ३० से ।मि । लम्बाई र २० से ।मि चौडाई भएको जुत्ता आफैँ डिजाइन गरेका हुन् । सुरुमा उनको यो जुत्ता मात्र ७० किलोग्रामको थियो तर पछि उनले यसको तौलमा वृद्धि गर्दै गए । 
अहिले उनको यो जुत्ता ४० से ।मि अग्लो र ४०५ किलोको छ, उनको शरिरको तौलभन्दा सात गुणा बढी । यस्तो जुत्ता लगाएर मानिसले आफ्नो खुट्टा उठाउन पनि सक्दैन होला भन्ने धेरै मानिसले सोचेको हुनुपर्छ तर उनका अनुसार यो जुत्ता लगाएर उनी दैनिक दुई मिटर हिँड्ने गर्छन् त्यो पनि २० मिनेटमा । उनले आफ्नो ती जुत्ताहरु आँगनमा राख्छन् र ती निकै गह्रुँगो भएका कारण त्यसलाई कसैले चोर्न सक्दैन भन्ने कुरामा ढुक्क छन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.