सबैले आफुलाई पृथक राख्ने सोच दलितोलोजी मार्फत ल्याई रहेका छन् -गोपाल सिवा


मित्रहरु मैले बुझे अनुसार ५० / ६० लाख हाम्रा देशका दलित /तथा कथित् जुनसुकै रुपमा पछाडी पारिएका या
अन्य जुन सुकै रुपमा दलन मा पारिएका छन् ति सबै दलित भनिए पनि नभनिए पनि तिनको यथार्त यस्तो छ.... देशको  हिमाल पहाड तराई को परिपेक्छमा आफ्नो मौलिक सस्कार पनि नभएको र बहुल छेत्र पनि नभएको हुदा अहिले को मूल प्रवाहमा समाहित हुन पाउनु पर्छ, नेपालको सामाजिक संरचना सबै जातजातिको एउतै  तहमा हुनु पर्छ , आर्थिक सुचंकले दलित सबै भन्दा गरिब देखिनु हुदैन र एउटा गैर दलित बहुल छेत्र बाट सक्छम दलित उमेद्वार ले सजिलै चुनाब जित्न सक्नु पर्छ जस्ता सामाजिक संरचनामा समानुपातिक प्रतिनिधित्व र पहुच हुनु पर्छ  भनेर लडेको अवस्था छ  ...यहि अवस्था लाई मध्यनजर गर्दै  हामी सबै कुनै न कुनै रुपमा आन्दोलनमा लाग्नेहरुले दलित मुक्तिका  कुरा धेरै गरेका छौ तर के हो त्यो मुक्ति भनेर बस्तु स्थिति ढंगले परिभाषित र कामकुरो गर्ने काम भन्दा पनि सबैले आफुलाई पृथक राख्ने सोच दलितोलोजी मार्फत  ल्याई  रहेका छन् !धेर थोर उपलब्धि भए पनि यस्ता दलितोलोजीले हामी र हाम्रो जातीय मुक्ति रात र दिन जस्तै कहिले भेट नहुने गरि समयचक्रको फन्दामा बेरिएर झन् कहाली लाग्दो बन्दै अघि बढी  हामी तिरै चोरीऔला देखारहेको छ र प्रश्न गरिरहेको छ,  के यस्तो चालले अपेक्छित मुक्ति पाउन सकिन्छ ?

मित्रहरु हामी बिचमा प्रचलित सभ्य परम्परा , सस्कृति , रितिरिवाज र चालचलन हरुलाई  एक अर्कामा घुलमिल गरौ लाखौ दलित उत्पीडित हरु बिचमा एकले अर्कालाई परिवार कै सदश्य को रुपमा स्विकरौ र स्वीकार्ने परिपाटी र ठाउँ सिर्जना गरौ !अनि मात्र यी प्रश्न सहित को आन्दोलन गरौ ! बर्ण व्यवस्थाका हिमायतिहरु , धर्मका नाममा  नै समाजमा जातीय ब्यबस्था टिकाई राख्न चाहने धार्मिक , मनुबादी पाखण्डीहरु का बिरुद्ध  नेपाली समाजमा कहिले सम्म तिमिहरु जातीय भेदभाब र छुवाछुत लादेर हामीलाई बैशाकी को रुपमा दलित सब्द दिन्छौ ?  यो सब्द ब्यबहार बाटै फ्याल्ने कि नफ्याल्ने ?  बर्ण व्यवस्थाका हिमायतिहरु सुध्रिने कि नसुध्रिने ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.