मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा माछापुच्छ्रे हिमाल !

काठमाडौं, २८ साउन । शीर्षक बेग्‍लै भएको भए फरक पर्दैनथ्यो होला तर भारत प्रवर्द्धन गर्ने उद्देश्य बोकेको ‘मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा नेपालको माछापुच्छ्रे हिमाल प्रयोग गरिएको छ। डिस्कभरी र एनिमल प्लानेट च्यानलका हिन्दी संस्करणमा यो गीत हिजोआज दिनहुँ धेरैपटक बज्‍ने गरेको छ।भारतको ६७ औं स्वतन्त्रता दिवसका सन्दर्भमा भारतीय वन्यजन्तु तथा प्राकृतिक भूविविधता प्रवर्द्धनका लागि एनिमल प्‍लानेटको हिन्दी च्यानलबाट १५ अगस्टदेखि प्रसारणको तयारीमा रहेको ‘ये मेरा इन्डिया’ नामक कार्यक्रमका लागि तयार गरिएको तीन मिनेटको उक्त म्युजिक भिडियोमा झन्डै तीन सेकेन्डसम्म माछापुच्छ्रे हिमाल देखाइएको छ।यसबारे पर्यटन मन्त्रालयमा बुझ्दा मन्त्रालयका लागि यो नै प्रथम सूचना भएको र यो परराष्ट्र मन्त्रालयको सरोकारको विषय भएको एक अधिकारीले बताए। परराष्ट्र पनि यसबारे हालसम्म अनभिज्ञ नै रहेको प्रवक्ता दीपक धितालले बताए। अब नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत सोधखोज गरी आवश्यक जानकारी र कदम चाल्‍ने उनको भनाइ थियो।
-अन्नपूर्ण पोष्ट दैनिकबाट

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.