फेसबुकका कारण युवापुस्तामा मनोरोग बढ्दै गएको -इजरायली शोधकर्ता

फेसबुक पछिल्लो समयमा मानिसको जिवनशैली नै बनेको छ भन्दा फरक नपर्ला । नयाँ पुस्ता एक किसिमले फेसबुक जस्तो सामाजिक संजालको अम्मली नै बन्दै गएको छ । विज्ञहरुले फेसबुकका कारण युवाहरु मनोरोगी बन्दै गएको बताएका छन् । इजरायली शोधकर्ताहरुले फेसबुकका कारण युवापुस्तामा मनोरोग बढ्दै गएको बताएका हुन् ।

तेलअबिब विश्वविद्यालयका शोधकर्ताका अनुसार फेसबुकमा बन्ने भर्चुअल रिलेसनसिपले इन्टरनेटको कुलतमा युवायुवतीहरुलाई फसाइरहेको छ र ठूलो भ्रम सिर्जना समेत गरिदिने गरेको छ । शोधकर्ता डाक्टर उरी नित्जानका अनुसार फेसबुकको अधिक प्रयोग र युवाहरुको मनोवैज्ञानिक समस्याका बीचमा दहि्रलो सम्बन्ध बन्दै

गएको छ । फेसबुक जस्ता सोसल साइटमार्फत प्रेम सम्बन्ध गाँसिने तथा सम्बन्ध टुट्ने जस्ता घटनाहरुका कारण उनीहरुमा एक्लोपना, तनाव जस्ता समस्या देखिन्छन् जसले कालान्तरमा मनोरोग सिर्जना गर्छ ।
शोधकर्ताहरुका अनुसार १८ देखि ३४ वर्ष उमेरका ४८ प्रतिशत युवायुवतीले निद्राबाट जाग्ने बित्तिकै चाहे मध्यरात नै किन नहोस् मोबाइलमै भएपनि आफ्नो फेसबुक लगइन गरिहाल्छन् । यसरी तन्द्रामै फेसबुक चलाउनेमध्ये २८ प्रतिशतले ओछ्यानमा सुतेरै फेसबुक खोलेका हुन्छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.