डा. योगी विकाशानन्दका केही मनन योग्य वाणीहरु

१. अविवाहितहरु प्रेमको प्रभावले वर्वाद हुन्छन्, विवाहितहरु प्रेमको अभावमा ।
२.सबैथोक पाएर दु:खी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान कुरा हो ।
३.सुख खोज्नु पर्दैन,दु:ख़तों सदुपयोग गरे पुग्छ ।
४. खान नपाएर थोरै मान्छे मर्छन्,खान नजानेर धेरै मान्छे मर्छन् ।
५.गरीब त्यो हैन जसले विछ्यौना किन्न सक्दैन, ग़रीब त्यो हो जो ठीक संग सुत्न सक्दैन । 
६. संपत्ति नभएर गरीब भइदैन, भएको संपत्ति नचिनेर गरीब भइन्छ ।
७. धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ,गुणी बन्न खोज्ने मान्छे धनी बन्छ ।
८.मुर्ख त्यो हैन, जसलाई पढ्न आउदैन, मुर्ख त्यो हो जो पढेका कुरा व्यवहारमा ल्याउन सक्दैन ।
९.जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ््ना छोरा छोरी बाट प्रेम खोज्नु अपराध हो ।
१०.भिन्नखाले राजनेता नभए सम्म भिन्नै खाले राजनितीको संभावना छैन ।
११. व्यापारीले कमाउन सकेन भने उ बर्वाद हुन्छ,राजनेताले कमाउन थाल्यो भने देश वर्वाद हुन्छ ।
१२.बाहादुर त्यो हैन जो डराउदैन,बाहादुर त्यो हो जो डरका वावजुद पनि अघि बढ्न सक्छ ।
१३.पुस्तक पढेर पनि जिवन बद्लिदैन भने त्यो पुस्तक ै हैन अक्षर संग्रह मात्र हो ।
१४. हामीलाई लामखुट्टेले हैन हाम्रो अल्छ्याईले टोक्छ । 
१५. असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुन सक्दैन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.