शास्त्र र संस्कारको मान्यता आज कति कामयावी छ ?

यौनका बारेमा जोकोहीलाई पनि चासो एवं कौतुहल हुनु अस्वभाविक होइन। तर यसको अर्थ यो पनि होइन कि ज्यादा चासो राख्नुपर्छ। किनकी शास्त्रले पनि भन्छ- अति सर्वत्र वर्जयते।
विपरित लिङ्गीप्रति हुने स्वभाविक आकर्षण र यौन चाहना पूर्ति गर्ने माध्यम भनेको सेक्स नै हो। सेक्समा प्राप्त हुने चरम आनन्दले नै पारिवारिक जिन्दगी सुखी बनाउँछ। तर २१ औं शताब्दिको अहिलेको युग सेक्सको मामिलामा धेरै उदार हुदै गएको छ। अझ अति विकसित पश्चिमा मुलुकमा त सेक्सको बिषय निकै खुल्ला छ। तर पूर्वीय दर्शन र संस्कृतिले सेक्सको
खुल्लापनलाई छाडा विषयको संज्ञा दिएको छ। हाम्रो संस्कार भन्छ- विवाह पुर्व हुने सेक्स अनैतिक हो। तर शास्त्र र संस्कारको मान्यता आज कति कामयावी छ यो चाहिं पुनर्विचार गर्नुपर्ने स्थिति छ। भनिन्छ- अचेल विवाहका लागि योग्य उमेरका ‘भर्जिन” पाउन मुश्किल छ।
सेक्सका बारे कतिपय गलत अवधारणा रहेको पाईन्छ जसले गर्दा टिनएजर्स भ्रममा पनि रहेका हुनसक्छन्।
१) हस्तमैथुन: यो एक स्वस्थ प्रकृया हो जसले शरीरलाई कुनै बेफाईदा गर्दैन। तर यस बारेमा निकै ठुलो भ्रम रहेको छ तर असुरक्षित यौन सम्बन्धले भने बेफाईदा गर्छ।
२) कौमार्यको मापन रगत: पहिलो पटक यौन संपर्क गर्दा खासगरी महिलाको योनीबाट रगत आउनुलाई भर्जिनिटीको मापन मानिने अवधारणा पनि छ। तर पहिलो सेक्स सम्बन्धमा रगत बहनु नै भर्जिन मानिनु गलत अवधारणा हो, किनकी योनीको झिल्ली तह धेरै पातलो हुने हुनाले यसमा सामान्य असार पर्नासाथ यो फुटेर रक्तश्राब हुनसक्छ। खासगरी विभिन्न खेल र शारिरिक अभ्यास गर्ने युवतीहरुको यो पातलो यौन झिल्ली जुनकुनै बेला पनि फुट्न सक्छ। त्यसैले त्यस्ता युवती भर्जिन हुँदाहुँदै पनि पहिलो यौन सम्पर्कमा रक्तश्राब नहुन सक्छ।
३) स्खलनबाट रगतमा कमी आउँछ: यौन बारे कतिपय यस्ता अवधारणाहरु पनि कायमै छन् कि जुन सत्य होइन। ती मध्ये यस्तै गलत अवधारणा हो स्खलनबाट रगतमा कमी आउँछ भन्ने। तपाईं हामी कतिपय जुनकुनै समय पनि स्खलित हुन सक्छौं। स्खलन यौनको तिब्र चाहनाको कारण प्रवाहित हुने एकप्रकारको विकार मात्र हो। यसको रगतसँग कुनै सम्बन्ध छैन। कतिपय अवस्थामा स्वभाविक एवं प्राकृतिक स्खलनले तपाईं हाम्रो स्वास्थलाई फाईदा नै पुर्याउदछ।
४) महिलाहरु सेक्समा पुरुषले जति आनन्द लिन सक्दैनन्: यो पनि एउटा मिथ्या मात्र हो। तथापि विभिन्न अध्ययनले के निष्कर्ष निकालेको छ भने महिलाको तुलनामा पुरुषले चाँडो यौन आनन्द प्राप्त गर्छन् र महिलाहरु तुलनात्मक रुपमा ढीलो सन्तुष्टी प्राप्त गर्छन्। तर यसको मतलब यो होइन कि महिलाले सन्तुष्टी नै पाउँदैनन्। तर कतिपय व्यक्तिगत कारण चाँही पाईन्छ कि आफ्नो पति वा पुरुषबाट यथेष्ठ यौन सन्तुष्टी पाउन नसकेछि कतिपय महिलाहरु परपुरुषसँग लहसिईरहेका पाउछौं भने कतिपय पाउन सन्तुष्टीकै लागि भौतारिरहेका समेत हामी पाउछौँ। यस सन्दर्भमा एक युवतीको अनुभव सान्दर्भिक हुन सक्छ। अनौपचारिक कुराकानीको प्रसंगमा ती युवतीले बताए अनुसार उनी आफ्नो पुरुष साथीबाट यौनमा सन्तुष्टी पाउन सक्दिनन्। उनले भनिन्- सेक्स गर्न शुरु गरे लगत्तै ऊ स्खलित भैहाल्छ। अनि केटा मान्छे एकपटक यसरी स्खलित भएपछि तत्काल सेक्स नै गर्न नसक्ने गरेर शिथिल भैहाल्दो रहेछ। त्यसले गर्दा मैले यौनको चरम आनन्द नै लिन पाइरहेकी छैन। उनको यो भनाई महिलाहरु यौनमा तत्काल उत्तेजित र सन्तुष्ट हुन सक्दैनन् भन्नेलाई आधार बन्न सक्छ। तर यो नितान्त व्यक्तिगत यौन क्षमतामा निर्भर रहन्छ।
५) बच्चाको लिङ्गको आधार महिला: यौन सम्बन्धी यो अर्को गलत अवधारणा यो। यस्तो गलत अवधारणा अवैज्ञानिक पनि छ। कुनै पनि बच्चा छोरा वा छोरी भएर जन्मनुमा आमाको कुनै दोष हुँदैन। चिकित्साशास्त्रले के पुष्टी गरिसकेको छ भने बच्चा जन्मनाका लागि दुई क्रोमोजमको आवश्यकता पर्दछ। पुरुषमा हुने यस्तो क्रोमोजम एक्स र क्रोमोजोम वाईको सम्मिश्रणको प्रकृयाबाट नै बच्चा पैदा हुने र बच्चाको लिङ्ग निर्धारण हुने गर्दछ। तसर्थ यसमा महिलाको यौन पक्ष, शारीरिक कारण कुनै भूमिका महत्वपूर्ण हुँदैन जती पुरुषको शुक्रकिटबाट निस्कने क्रोमोजोमको महत्व हुन्छ।
६) लिङ्ग फोहोर भएकोले छुनु हुँदैन: जनस्वास्थका दृष्टिले कुनै पनि फोहोर चिज छुनु हानिकारक हुन्छ। त्यसैले त्यस्ता चिज, सामान चलाउँदा पुर्व सावधानी अपनाउनु जरुरी छ। तर लिङ्गको बारेमा आमरुपमा गलत धारणा रहेको पाईन्छ। शरीरका अरु जनेन्द्रिय जस्तै लिङ्ग पनि एउटा अंग हो। जसरी अरु अंगको सरसफाइ भएन भने गन्हाँउछ, त्यस्तै लिङ्गको पनि सरसफाई नगरे त्यो पनि गन्हाईहाल्छ। त्यसैले हरेकपटक लिङ्गको सफाइमा ध्यान दिनुहोस्, यो कुनै फोहोर होइन। सहबासको तीव्र चाहनालाई चरम सुखमा परिणत गर्नका लागि महिला वा पुरुष दुबैको लिङ्गको समागमको जरुरत पर्दछ। त्यसैले समागमपछि दुबैले आ-आफ्नो लिङ्गको राम्रोसँग सफाई गर्नुपर्दछ। त्यसो त कतिपयले एकअर्काको लिङ्ग मुखले चुसेर वा चाटेर पनि पूर्ण यौन सन्तुष्टी लिने प्रयास गर्दछन्। यदि लिङ्ग छुनै नहुने अंग हो भने पक्कै पनि त्यसलाई कसैले पनि चुस्ने र चाट्ने प्रयास गर्ने थिएनन्। तसर्थ जनेन्द्रिय अंग फोहोर र छुन नहुने हुन्छ भन्ने पनि भ्रम मात्र हो।
७) पहिलो सहवास (यौन सम्पर्क)मा नै महिला गर्भवती हुन्छिन्: यो अर्को भ्रम हो कि पहिलो सहवासमै महिला गर्भवती हुन्छिन्। गर्भवती हुने कारण पहिलो यौन सम्पर्क हुँदै होइन। तर यसो भनेर पहिलो सहवासमै गर्भ हुँदैन भन्ने पनि होइन। त्यसैले सुरक्षित यौन सम्बन्ध राख्नु नै गर्भाधारणबाट बच्ने उत्तम उपाय हो। यसका लागि आफ्नो यौन साथी (पुरुष)लाई कण्डम अनिवार्य लगाउन आग्रह गर्ने अझ दवाब नै दिने। किनकी सामान्यत: पुरुष मनस्थिति बिना कण्डम यौन सन्तुष्टी लिन चाहन्छ। अनि स्वंय महिलाले पनि यस बारे पुर्व सावधानी अपनाउने, गर्भ निरोधक कुनै पनि औषधी लिन सके राम्रो। त्यसैगरी महिनावारी हुन लागेको र भैसकेपछिको बीचको एक हप्ता सकेसम्म यौन सम्पर्क नराख्ने। यसो गर्न सके धेरै हदसम्म सुरक्षित हुन सकिन्छ। महिनावारीको समय चाँहि महिलाले विशेष ध्यान पुर्याउनैपर्छ। महिलाको ओभम बाहिर आएको बेला (महिनावारीको समय यो ओभम फुट्दछ) महिलाहरुमा गर्भधारण गर्ने सम्भावना बढी हुन्छ।
८) महिनावारीको समय सहवास गर्नु खतरनाक: यौनको बारे अर्को यस्तै भ्रम यो पनि हो कि महिलाको मासिक श्राब (महिनावारी) भएको समय यौन सम्बन्ध गर्नु खतरनाक मानिन्छ। सम्भवत: यसै भ्रमले होला परम्परादेखिनै हाम्रा ग्रामीण भेगका महिलाहरु मासिकश्रावको चार दिनलाई ‘नछुने दिन’ भन्दै सहबास र अन्य घुलमिलबाट टाढै रहन्छन्। यद्दपी यो समयको सहबासमा माथिल्लो बुँदामा उल्लेख गरेजस्तो महिलाको ओभम फुट्ने गर्भाधारणको सम्भावना भने अधिक रहन्छ। यसै कारण पनि महिलाहरु यो अवधी आफ्नो श्रीमानसँगै नसुती छुट्टै सुत्ने र शारिरिक संसर्गबाट बच्ने गर्दछन्। तर सन्तान उत्पादकत्व क्षमता दर भनेको व्यक्तिमा भरपर्ने कुरा हो। त्यसैले अध्ययनले के देखाएको छ भने महिनावारीको समय यौन सम्पर्क राख्नु कुनै नराम्रो र खतरनाक होइन। बरु यो अवधिमा महिलाहरु यौनका लागि बढी ईच्छुक र लालायित हुने हुनाले यो अवधिमा गरिने सहबासमा उनीहरुले बढी आनन्द लिन सक्छन्।
९) महिलाहरु ठूलो यौन लिङ्ग मन पराउँछन्: सबै पुरुषको लिङ्ग समान हुँदैन। कतिपयको सानो हुन्छ त कतिपयको तुलनात्मक रुपमा ठुलो। कतिपयमा के भ्रम छ भने महिलाहरु ठुलो लिङ्ग मनपराँछन्। तर सत्य के हो भने ठूलो र सानो जस्तो आकारको भएपनि महिलाहरु सन्तुष्टी चाहन्छन्। स्त्री यौन लिङ्गले पुरुषका साना ठुला जुनसुकै यौन लिङ्गलाई पनि सहज ठान्छ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.