कुकुरले समेत रक्तदान गरेर बिरालोको ज्यान बँचायो


न्युजिल्याण्डमा भने साँच्चीकै एउटा कुकुरले रक्तदान गरि बिरालोको ज्यान बँचाइदिएको छ ।टेलिग्राफका अनुसार न्युजिल्याण्डको टारंगा क्षेत्रमा यस्तो घटना भएको हो । भुलबस मुसा मार्ने औषधि खाएपछि सिकिस्त बनेको रोरी लामको बिरालो झण्डै मृत्युको मुखमा पुगिसकेको थियो । रोरीका मालिक किम एडबर्डले उसलाई उपचारका लागि भेटेनरी अस्पताल लगे । बिरालोको हालत निकै बिग्रसकेको थियो । उसलाई तत्कालै रगत दिएर सघन उपचार गर्नुपर्ने पशु चिकित्सकले बताए । तर मान्छेका लागि भए पो ब्लड बैंकबाट रगत लिएर दिनु वा कोही साथीभाइलाई गुहार्नु ।

तर बिरालोका लागि कताबाट रगत ल्याउनु ? उनी बिलखबन्दमा परे । कतै बिरालो खोजेर उसको रगत निकालेर ग्रुप जाँचेर, मिलाएर रोरीलाई रगत दिनका लागि समय नै थिएन । त्यसैले एडबर्डले आफ्ना साथी मिसेल व्हाइटमोरलाई फोन गरे । व्हाइटमोटले मेसी नामक लाब्राडोर नश्लको कुकुर पालेका थिए । तत्कालै कुकुर लिएर भेटेनरी अस्पताल आउन आग्रह गरेपछि व्हाइटमोरले कुकुर लिएर तत्कालै पुगे । त्यसपछि मेसीको रगत निकालियो अनि रोरीको सरीरमा दिइयो । साँच्चीकै कुकुरको रगत बिरालोको सरीरमा मिल्ने सम्भावना निकै कम हुन्छ ।

 त्यसैले मेसीको रगत रोरीलाई दिँदा यदि रक्त प्रकार मिलेन भने बिरालो रोरीको तत्कालै ज्यान जान सक्थ्यो । तर एडबर्डसँग त्यसको विकल्प थिएन सोही कारण उनले साहस बटुलेर साथीको कुकुरको रगत आफ्नो बिरालोलाई दिएका थिए । धन्य रक्तप्रकार मिल्यो र रोरीको उपचार सम्भव भयो । मेसीको रगत पाएपछि रोरीको ज्यान बँच्यो । एक जातको जनावरको रगत अर्को जातको जनावरको सरीरमा मिलेको यो निकै दुर्लभ घटना भएको वैज्ञानिकहरु बताउँछन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.