चिया पिउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने

दिनको कम्तीमा ५ कप चिया पिउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ५ कप वा त्यो भन्दा बढि चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको हो । त्यस्तै कम्तिमा एक कप चिया खाने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकाश हुने सम्भावना २५ प्रतिशतले कम हुन्छ ।

दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ । 

चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरजन्य कोषको वृद्धि रोक्ने काम गर्छ । चियामा दुध, चिनी तथा कागती मिसाए नमिसाएको कुराले त्यसलाई केही फरक नपार्ने र सबैको प्रभाव एउटै हुने शोधकर्ताहरुको भनाइ छ ।चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्षनिकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए । एक कप चियामा डेढ सय देखि दुइ सय मिल्रि्राम सम्म फ्लाभिनोइड्स तत्व पाइन्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.