नेपालका सशस्त्र संघर्षरत समूहहरु

visit : alldalit.blogspot.com
त्यसो त नेपाली कांग्रेसले पनि राणा शासनविरुद्ध सशस्त्र संघर्ष नै गरेको थियो। हालको एमालेले पनि तत्कालीन माले छँदा झापामा सशस्त्र आन्दोलनै गरेको थियो। अहिले एकीकृत नेकपा माओवादी बनेको माओवादी त भर्खरै मात्र सशस्त्र संघर्ष
रोकेर खुला राजनीतिमा आएको हो। तर तपाईँलाई थाहा छ, अहिले नेपालमा सशस्त्र संघर्ष गर्ने समूहको संख्या कति छ ?

सुन्दा अचम्म मान्नुहोला, तर गृह मन्त्रालयको तथ्याङ्कले भन्छ, सशस्त्र समूहको संख्या १०० नाघिसक्यो। गृहमन्त्री भीम रावलले आज एउटा कार्यक्रममा भने, अहिले नेपालमा १०९ सशस्त्र समूह छन्। तिनीहरुमध्ये कुन आपराधिक र कुन राजनीतिक भनी छुट्याउने काम भइरहेको उनले बताए। आपराधिक समूहमाथि आक्रामक रणनीति अपनाउने तयारीमा सरकार रहेको छ। यसको लागि नयाँ सुरक्षा रणनीति अन्तर्गत प्रहरीले अपराधी समात्‍न हेलिकप्टरसमेत प्रयोग गर्ने योजना छ।
हतियार उठाउने धम्की दिने, विस्फोट भएका ठाउँमा भेटिएका पर्चा, सशस्त्र संघर्षको कुरा उल्लेख गरी छरिएको पर्चा, फोन, पत्र वा फ्याक्समा आएको धम्कीका बेला प्रयोग गरिएको नाम आदि सबै समेटेर यो सूचि तयार पारिएको रहेछ। त्यसैले समूह भने पनि कुनै व्यक्तिको लहडमा राखिएको नाममात्र पनि हुनसक्छ कुनै समूहको नाम।

नेपालका सशस्त्र संघर्षरत समूहहरु-
1. अखिल तराई मुक्ति मोर्चा (गोइत)
2. इन्टरनेशनल टाइगर्स
3. अखिल तराई मुक्ति मोर्चा (प्रताप)
4. तराई मिलिट्री मोर्चा
5. जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह)
6. संयुक्त जनतान्त्रिक (आनन्द)
7. जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन)
8. राष्ट्रिय समानान्तर ज्वालामुखी
9. जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी)
10. मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)
11. तराई गणतान्त्रिक मुक्ति मोर्चा
12. जनतान्त्रिक मुक्ति मोर्चा
13. सुप (सुदूरपश्चिम) क्रान्ति दल
14. जनशक्ति क्रान्तिकारी पार्टी
15. जनतान्त्रिक तराई मुक्ति मोर्चा (विस्फोट)
16. तराई संयुक्त जनतान्त्रिक पार्टी
17. नेपाल डिफेन्स आर्मी
18. संयुक्त थारु मुक्ति मोर्चा
19. राष्ट्रिय आर्मी नेपाल
20. पल्लो किरांत लिम्बुवान राष्ट्रिय मञ्च
21. जनवादी गणतान्त्रिक तराई मुक्ति मोर्चा
22. तराई इन्काउन्टर पार्टी
23. तराई कोब्रा
24. तराई एकता परिषद्
25. तराई बागी
26. महान मधेस क्रान्तिकारी पार्टी
27. नेपाल जनतान्त्रिक पार्टी
28. शान्तिका लागि क्रान्ति तराई
29. थारु राष्ट्रिय मोर्चा नेपाल
30. मधेस तराई मञ्च
31. नेशनल रिपब्लिकन पार्टी नेपाल
32. रोयल डिफेन्स आर्मी
33. मधेस स्पेसल फोर्स
34. खम्बुवान राष्ट्रिय मोर्चा
35. मधेसी भाइरस किलर पार्टी
36. खम्बुवान डेमोक्रेसी मञ्च
37. उन्थान संघ
38. संघीय लिम्बूवान राज्यपरिषद् (कुमार लिङ्देन)
39. नेशनल टेररिष्ट इन्काउण्टर कमिटी
40. संघीय लिम्बूवान राज्य परिषद् (सञ्जुहाङ पालुहा्वा)
41. लिवरेसन टाइगर अफ तराई इलम (एलटीटीइ)
42. संघीय लिम्बूवान राज्यपरिषद् (मिसेकहाङ)
43. गोर्खा मुक्तिमोर्चा
44. जनतान्त्रिक तराई मुक्तमोर्चा (तुफान)
45. जनतान्त्रिक तराई मुक्तिमोर्चा (पवन)
45. जनतान्त्रिक मोर्चा (कपीपेस्ट)
46. अखिल तराई मुक्तिमोर्चा
47. नेपाल गणतान्त्रिक योङ टाइगर्स ग्रुप
48. रेभ्यूलुशनरी लेफ्ट विङ्ग
49. तराई जनक्रान्ति मोर्चा
50. मधेसी साइलेन्ट किलर्स
51. संयुक्त जनक्रान्ति मोर्चा
52. तराई राष्ट्रिय मुक्ति सेना
53. नागराज
54. तराई राष्ट्रिय जनक्रान्ति पार्टी (क्रान्तिकारी)
55. जीएएफपी रणवीर सेना नेपाल
56. मधेस राष्ट्र जनक्रान्ति पार्टी
57. संयुक्त विद्रोही मोर्चा
58. तराई कन्ट्रोल पार्टी
59. संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा
60. मधेसी राष्ट्र जनतान्त्रिक पार्टी
61. तराई मुक्ति मोर्चा
62. मधेस राष्ट्र जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)
63. मधेसी टाइगर्स
64. तराई लिवरेसन फोर्स
65. मधेस मुक्ति टाइगर्स
66. पिपुल्स आर्मी
67. भाइरल किलर
68. तराई जनजागरण संघर्षशील मोर्चा
69. तराई डिफेन्स आर्मी
70. तराई पुत्र
71. जनवादी तराई मुक्ति मोर्चा
72. मधेस क्रान्तिकारी दल
73. अजिङ्गर एक्स
74. डाइनोसर
75. उल्फा समूह
76. तराई जनमुक्ति क्रान्तिकारी पार्टी
77. नेपाल गोरखा आर्मी
78. तराई कमाण्डो
79. तामाङ कोब्रा
80. तराई टाइगर्स
81. तराई आर्मी
82. ययाम भूमि मधेस सरकार
83. राष्ट्रिय मुक्ति सेना
84. राष्ट्रिय लिवरेसन आर्मी
85. किरात जनवादी वर्कर्स पार्टी
86. संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा
87. खुम्बुवान लडाकू दल
88. संयुक्त लिवरेसन फ्रन्ट अफ नेपाल
89. मंगोल अर्गनाइजेसन
90. तराई जनतान्त्रिक पार्टी
91. नेपाल रेकल्स ग्रुप
92. मधेसी मिसन जनतान्त्रिक तराई मुक्ति मोर्चा
93. मधेस लिवरेसन टाइगर्स
94. तराई मधेस पार्टी
95. मधेसी जनमुक्ति मोर्चा
96. तराई मधेस मुक्ति टाइगर्स
97. तराई कन्ट्रोल आर्मी
98. मधेस तराई मुक्ति मोर्चा
99. राष्ट्रिय जनतान्त्रिक पार्टी
100. जनतान्त्रिक तराई मुक्तिमोर्चा (हिम्मत समूह)
101. भीषण हिमाली बाघ
102. हिन्दु सेना
103. जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर)
104. शाही मुक्ति मोर्चा
105. डिफेन्स नेपाल अफ त्रिशूल सेना
106. हिन्दु राष्ट्र निर्माण सेना
107. मंगोलियन रिकेल्स
108. नेपाल लिबरेसन फ्रन्ट
109. नेपाल अलकायदा विश्व आतङ्कबाद

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.