केरामा पाईने रसायनले एड्ससँग लड्न मद्दत पुग्ने

केरा एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू–भागमा उत्पादन हुन्छ ।केराको एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ ।प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको जनाएको छ । तर, अब भने केरा एचआईभी तथा एड्स रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य बाहिर आएको हो । हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ । वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ रहेका छन्,तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.