टुप्पीमा झुण्डिएर टिस्टा नदी तर्दा मृत्यु

काँकडभिट्टा, वैशाख १६ - टुप्पी र जुंगाले गह्रौं वस्तु उठाउने भारतका एक गिनिज वर्ल्ड रेकर्डधारीको मृत्यु भएको छ ।टुप्पीको मद्दतले झुण्डिएर टिस्टा नदी तर्ने क्रममा पश्चिम वंगालका सिलिगुडीका ५० वर्षीय शैलेन्द्रनाथ रायको आइतबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साहसिक खेल (स्टण्ट) प्रदर्शनका क्रममा टिष्टा नदी पार गर्न खोजेका उनी नदीको आधा भन्दा वढी भाग पार गरिसकेपछि वीचमा अड्किएका थिए । करिव ४५ मिनेट अड्किएपछि अन्ततः उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नदी पार गर्न नसक्दा उनको हृदयघातका कारण मृत्यु भएको हो । सन् २००९ मा राजस्थानको माउण्ट आवुमा उनले टुप्पीमा झुण्डिएरै एक पहाडवाट अर्को पहाडसम्मको यात्रा तय गर्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा नाम दर्ज गराएका थिए । त्यसपछि गत वर्ष सिलिगुडीमा सानो रेल नै तानेका थिए । टुप्पीवाट साहसिक खेल देखाउँदै आएका उनले दर्जनौं पटक ट्रक र यात्रुबाहक वस तानेर कीर्तिमान वनाइसकेका छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.