शीघ्र पतन या अर्ली एजेकुलेशन समस्या


स्वस्थ यौन जीवनका लागि आवश्यक छ दुवै पार्टनर सन्तुष्ट हुन सकुन् । तर, शीघ्र पतन या अर्ली एजेकुलेशन समस्याका कारण महिलाको यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । वीर्य स्खलित भएपछि पुरुषले आनन्द अनुभूति गर्छन् तर महिला शीघ्रपतनका कारण ‘क्लाइमेक्स’ सम्म पुग्न सक्दैनन् । यही कारण उनीहरु तनावको शिकार हुने गर्दछन् । तर, यदि केही कुरालाई ध्यानमा राख्ने हो भने शीघ्रपतनसम्बन्धी समस्याबाट मुक्ति पाउन सकिन्छ । र आफ्नो यौन जीवन सुखमय बनाउन सकिन्छ । सेक्स एक्सपर्ट डा. महेश नवालको यो सल्लाह मान्ने हो कि ? –सेक्सका लागि उचित समय र उचित स्थान चयन गर्नुहोस् । यस्तो स्थान छान्नुस् जो दुवै सेक्स पार्टनरलाई आनन्द अनुभूति गराउन सकोस् । –सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् । साथै त्यस समय मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटमा नरहनुस् । –सम्भोग प्रक्रियाअघि आफ्नो पार्टनरलाई उत्तेजित गर्न बढी समय लगाउनुस् । यदि यसक्रममा इरेक्सन भए पनि चिन्ता नगर्नुस् । सेक्स गर्न हतार बिल्कुल नगर्नुस् । ख्याल राख्नुस् कि महिलालाई उत्तेजित हुन पुरुषलाई भन्दा बढी समय लाग्छ । –सम्भोग प्रक्रिया सुरु गरेपछि बीचबीचमा रोकिनुस् र पुनः सुरु गर्नुस् । रोकिने क्रममा आफ्नो पार्टनरको चुम्बन गर्नुस् र उनका संवेदनशील अंगहरु चलाउनुस् । –यदि तपाईमा डाइबिटिजसम्बन्धी समस्या छ भने त्यसलाई कन्ट्रोल गर्नुस् । साथै मदिरापान कम गर्नुस् । याद राख्नुस मदिरा बढी सेवन गर्नाले पनि सेक्स लाइफमा हानी पुग्ने गर्दछ । –आफ्नो पार्टनरसँग बढी समय कुरा गर्नुस् । र, फोरप्लेमा पनि ध्यान दिएर उनलाई उत्तेजित गर्नुस् । –योगको आश्विनी मुद्राको अभ्यास गरेर पनि यौनसुख बढाउन सकिन्छ । यसबाट तपाईले सेक्सको समय बढाउन सक्नुहुन्छ । बज्रोली मुद्राबाट पनि सेक्स अवधि बढ्ने गर्दछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.