गोलभेँडाको नियमित सेवन मुटुका लागि लाभदायी


गोलभेँडाको नियमित सेवन मुटुका लागि लाभदायी हुने र यसले हृदयाघात लगायतका मुटुरोगको खतरा कम गर्ने एक अनुसन्धानले देखाएको छ । फिनल्याडमा गरिएको अनुसन्धानले गोलभेँडामा हुने लाइकोपिन नामको तत्वले हृदयाघात तथा मुटु र रगत सम्बन्धि विभिन्न रोगको खतरा कम गर्ने र रक्तसंचारलाई नियमित गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । न्यूरोलोली नामक म्यागेजिनमा छापिएको अनुसन्धान रिपोर्टका अनुसार रगतमा लाइकोपिन नामक तत्व जति बढि भयो हृदयाघातको खतरा उती कम हुन्छ । यो तत्व गोलभेँडाका साथै खरभुजा लगायतका फलमा पनि पाइन्छ । १२ वर्षम्म १ हजार भन्दा बढि मानिसमा गरिएको निरन्तरको अध्ययनपछि यस्तो निष्कर्षनिकालिएको शोधकर्ताहरुको भनाइ छ । शोधकर्ताहरुले गोलभेँडा तथा लाइकोपिन तत्व भएका फलफूल तथा तरकारी नियमित खाने मानिसमा हृदयाघातको खतरा ५५ प्रतिशतले घट्ने दाबी समेत गरेका छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.