पाँचभाइ सँग पालैपालो सुत्छिन् कलियुगकी द्रौपदी


यो कलि युग हो । महाभारतकालिन द्धापर युग होइन । त्यसैले महाभारतका पात्र पाण्डव तथा पाँच भाइकी साझा श्रीमती द्रौपदी हुने कुरा भएन । तर तर भारतको देहरादूनमा भने अहिलेपनि एक द्रौपदी अस्तित्वमा छिन् । देहरादुनमा एउटा यस्तो गाउँ छ जहाँ एक महिला पाँच दाजुभाइकी साझा श्रीमतीको रुपमा रहेकी छिन् ।ती कलियुगकी द्रौपदी आफ्ना पाँच श्रीमानका साथ खुसीसाथ जिवन बिताइरहेकी छिन् । उनको कोखबाट एक छोराको जन्म पनि भएको छ ।ती महिला आफ्ना पाँचजना श्रीमानहरुसँग रातिमा पालैपालो सुत्छिन् । अर्थात् एक रात जेठा सँग सुतेपछि अर्को रात माहिलासँग सुत्ने पालो । तेश्रो रात साहिँलो, चौथो कान्छो र पाँचौँ रात कान्छो श्रीमानको ओछ्यान तताउने उनको कर्म हो । त्यसैले आफ्नो छोराको बाउ कुन चाहीँ हो भन्ने उनलाई पत्तो छैन ।राजो बर्मा नामकी ती महिलाको उमेर २१ वर्षको छ । ती पाँच भाइ पाण्डव र उनीहरुकी साझा श्रीमती आफ्नो झुपडीमा बस्दै आएका छन् । सुरुमा पाँचजना श्रीमानकी श्रीमती हुँदा आफुलाई अनौठो लागेपनि अब भने सामान्य लाग्न थालेको उनी बताउँयिछन् । पाँच दाजुभाइ मध्ये जेठाको उमेर ३२ वर्ष छ र कान्छाको उमेर २१ वर्षको रहेको छ । कान्छा भाई गुड्डुका अनुसार उनीहरु राजोसँग पालैपालो सम्भोग गर्छन् र एक भाइसँग राजो सुतेको बेला अरुले इष्र्या गर्दैनन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.