कतारमा नेपालीलाई पर्‍यो पौने ९ करोडको चिट्ठा


वैशाख १३ - नेपाली नागरिक डिल्लीराम पराजुलीले कतारको दोहा अन्तर्राष्ट्रिय बिमानस्थलमा भित्र रहेको डयूटी फ्रि सपबाट १० लाख अमेरिक डलर (झण्डै ८ करोड ७० लाख रुपैयाँ) राशीको चिठ्ठा हातपारेका छन् । कतार एयरबेयज तथा कतार ड्यूटी फ्रि सपका प्रमुख कार्यकारी अधिकृत अकबर अलवाकरले हिजो आयोजित एक समारोहमा भाग्यशाली ग्राहकको कुपन निकालेका थिए । कतार ड्यूटी फ्रि ले सन २००६ देखि आफ्नो प्रमोशनको लागि वान मिलीयन डलर राफल नाम राखेर यस किसीमको चिठ्ठा कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यसअघी ११ पटक सम्म खोलिसकेको चिठ्ठाको नतिजा ८ पटक भारतीय नागरिक २ पटक अमेरिकी नागरिक र १ पटक फिलिपिन्सका नागरिकले हात पारिसकेका छन् । यतिठुलो धनराशि चिठ्ठा पार्ने पराजुलीनै पहिलो नेपाली नागरिक हुन् । उनको चिठ्ठा नं १९२२ रहेको थियो । । दोहा बिमान स्थलबाट यात्रा गर्ने जो कोहिले पनि ९ सय ५० रियालमा उक्त चिठ्ठा खरिद गर्न पाउँछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.